मेचिनगर गोल्डकपमा धरान फुटब क्लबको बिजय सुरुवात

0
24

काँकडभिटा । झापाको काँकरभिट्टामा जारी चौथो मेचिनगर गोल्डकपमको आजको खेलमा धरान फुटब क्लबले च्यासल फुटबल क्लवलाई १–० गोलले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

अत्यान्तै प्रतिस्पर्धात्मक खेलमा धरानका जर्सी नम्बर १२ का मिलन राईले दोस्रो हाफको ३६औँ मिनेटमा गरेको गोलनै निर्णाण बन्यो ।

खेलको म्यान अफ द म्याच धरान फुटबल क्लवका मिलन राई घोषण भए । उनले नगद ११ हजार रुपैंयाँ पाए । शनिवारबको पहिलो क्वाटर फाइन खेल संकटा फुटबल क्लव काठमाडौ र आयोजक आयोजक काँकडभिटाका फुटबल टे«निङ्ग सेन्टर बीच हुने आयोजक समितिका अध्यक्ष मिनबहादुर बस्नेतले जानकारी दिए । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्