मोरङका निजी अस्पतालमा मनपरी श्यया शुल्क

मोरङ । मोरङमा सञ्चालित ठूला निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा बेडचार्ज शुल्क असुल्ने गरेका छन् ।

नियमनकारी निकायले पर्याप्त चासो नदिदा मोरङको विराटनगरमा सञ्चालित निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा श्यया शुुल्क लिने गरेको सेवाग्रही सुभाष कामतले गुनासो गरे ।

मोरङको नाम चलेको अस्पताल न्यूरो अस्पतालका अनुसार सामान्य श्ययामा एक दिन बिरामी राखेको ८ सय देखि दुई हजारसम्म शुःल्क लिने गरेको छ । सो अस्पतालले सामान्य क्याबिनको तीन हजार, डिलक्सको चार हजार र आइसियुको दैनिक छ हजार श्यया शुल्क लिने गरेको छ ।

त्यस्तै, विराट नर्सिङ होमका अनुसार सामान्य बेड शुल्क एक हजार २ सय ५०, डिलक्स दुई हजार ७ सय ७५ र सुपर डिलक्सको नाममा तीन हजार ८ सय ८० प्रतिदिन श्यया शुल्क लिने गरेको छ । त्यस्तै, आइसियुको छ हजार शुल्क लिने गरेको छ ।

ग्रिनक्रस अस्पतालका अनुसार सामान्य श्ययाको एक हजार ५० देखि दुई हजार ५ सय सम्म शुल्क लिने गरेको छ । सो अस्पतालले आइसियुमा सात हजार शुल्क लिने गरेको छ । त्यस्तै, लाइफगार्ड अस्पतालले सामान्य बेड शुल्क एक हजार, डिलक्स तीन हजार र आइसियुमा छ हजार बेड शुल्क लिने गरेको छ ।

नोबेल अस्पतालका नारायण दाहालका अनुसार सामान्य श्ययाको ३ सय ५० देखि एक हजार, आइसियु तीन हजार ५ सय र एनआइसियुको चार हजार ५सय लिने गरेको छ । निजी अस्पतालले लिएको महँगो शुल्कले सर्वसाधारण हैरान छन् । विराटनगरका कुलदीप शर्माले भने, ‘अस्पताल खोल्ने र सेवा दिने भन्ने, तर पैसा चाँहि ढाडै भाँच्ने गरी लिने, अनि कसरी सेवा भयो त ?’

सो अस्पतालले सामान्य श्ययाको ३ सय ५०, क्याबिनमा सिङ्गल एक हजार र डबल ७ सय ५० लिने गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङका स्वास्थ्य संस्था निरीक्षक बृजेश यादवका अनुसार निजी अस्पतालले लिने शुल्क पटकपटक समायोजन गर्न आग्रह गरे पनि कार्यान्वयनमा चासो नदिएको बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )