बिर्तामोडमा विद्यार्थीलाई सन्दिप क्षेत्रीद्वारा प्रशिक्षण दिइने

बिर्तामोडमा विद्यार्थीलाई सन्दिप क्षेत्रीद्वारा प्रशिक्षण दिइने

बिर्तामोड । स्काई क्रिएटर्स इन्टरटेन्मेन्ट प्रा. लि.र भिप्रा एड्भरटाइजिङ एण्ड मिडिया प्रा. लि.को संयुक्त आयोजनामा बिर्तामोडमा ‘अ डे वीथ सन्दिप क्षेत्री’ नामक एक दिवसीय तालिमको तयारी गरिएको छ ।

विद्यार्थीहरुको नेतृत्व विकास, क्षमता अभिवृद्धि संगै उद्यमशीलतासंग जोड्न सहजता पु¥याउने उद्देश्यले बिर्तामोडमा आगामी चैत २६ गते शनिवार ‘अ डे वीथ सन्दिप क्षेत्री’ नामक एक दिवसीय तालिमको आयोजना गरिएको हो ।
एसईई उत्तीर्ण गरेका र स्नाकोत्तरसम्मको अध्ययन गर्दै गरेका विद्यार्थीलाई लक्षित गर्दै उनीहरुलाई नेतृत्व विकास, क्षमता अभिवृद्धि र उद्यमशीलता सम्वन्धि तालिम प्रदान गरिने स्काई क्रिएटर्स इन्टरटेन्मेन्ट प्रा. लि.का अध्यक्ष सन्दिप राजवंशीले बताए । तालिमको सहजीकरण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त कलाकार तथा मोटीभेटर सन्दिप क्षेत्रीले गर्ने उनले बताए । तालिममा सहभागीले आफूमा भएको क्षमतालाई अभिवृद्धि गर्दै आगामी दिनमा आफ्नो जीवनलाई कुन दीशामा लाने र कसरी आफ्नो जीवनलाई अघि बढाउने भन्ने विषयको निक्र्यौल गर्न सहज हुने उनले बताए ।
फरक – फरक क्षमताका मानिसको पहिचान गर्दै सबैलाई उद्यमशीलतासंग जोड्ने उद्धेश्यले तालिमको आयोजना गरेको उनले बताए ।
बिर्तामोडस्थित सिटी सेन्टरको सभाहलमा विहान ११ वजेदेखि ४ बजेसम्म सञ्चालन हुने तालिममा झापाभरिका एक हजार विद्यार्थीलाई प्रशिक्षण प्रदान गरिने भिप्रा एड्भरटाइजिङ एण्ड मिडिया प्रा. लि.का प्रवन्ध निर्देशक साइमनजंग बस्नेतले बताए ।
निकट भविष्यमा व्यवसाय गर्ने सोच बनाएर तालिममा सहभागी हुनेलाई समेत व्यवसाय प्रवर्धनमा कसरी अघि बढ्न सकिन्छ भन्ने कुराको समेत ज्ञान प्रदान गरिने उनले बताए । जसलाई दैनिक जीवनमा सेल्फ मोटिभेसनको आवश्यक छ उसले पनि तालिममा सहभागी भएर धेरै कुरा सिक्न सक्ने भिप्रा एड्भरटाइजिङ एण्ड मिडिया प्रा. लि.का सिइओ विमल राजवंशीले बताए ।
उनले ‘अ डे वीथ सन्दिप क्षेत्री’ नामक कार्यक्रम सम्पन्न गर्न आठ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । झापाको बिर्तामोडमा पहिलो पटक यस प्रकारको कार्यक्रमको आयोजना गरिएकोले कार्यक्रममा सहभागिता जनाउन उनले सवैलाई आग्रह गरेका छन् ।
न्यस्तै ‘अ डे वीथ सन्दिप क्षेत्री’ कार्यक्रमकी इभेन्ट डाइरेक्टर दिक्षा खातीले कार्यक्रममा सहभागिता जनाउने विद्यार्थीलाई पाँचसय रुपैयाँ र अन्यलाई एक हजार रुपैयाँ टिकटको व्यवस्था गरिएको बताइन् । उनले अहिले कार्यक्रमलाई सफल बनाउन प्रचारप्रसारको अभियानलाई तीव्रता दिइएको जानकारी दिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )