झापाका विद्यालयमा बालबालिकालाई टाइफाइड रोगबिरुद्धको खोप

झापाका विद्यालयमा बालबालिकालाई टाइफाइड रोगबिरुद्धको खोप

बिर्तामोड । झापाका दुई लाख १५ हजार तीन सय ५० बालबालिकालाई टाइफाइड रोगबिरुद्धको खोप लगाउन शुरु गरिएको छ ।

गत चैत्र २५ गतेदेखि ३० गतेसम्म पहिलो चरणमा झापाका १३ वटा पालिकामा रहेका १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइड रोगबिरुद्धको खोप धमाधम लगाउने कार्य भइरहेको स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत इश्वरी पौडेलले जानकारी दिए ।
झापाको शिवसताक्षी र गौरादह नगरपालिकामा दोश्रो चरणमा बैशाख ५ देखि १० गतेसम्म १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइड रोगबिरुद्धको खोप लगाइने उनले जानकारी दिए । देशभर एकै चरणमा चैत्र २५ देखि बैशाख १८ गते अभियान सम्पन्न हुने उनले जानकारी दिए ।
विद्यालय जाने उमेर समुहका एक लाख ४७ हजार ५ सय८० जना र विद्यालय जाने उमेर नभएका ३७ हजार एक सय ५५ जना बालबालिकालाई टाइफाइड रोगबिरुद्धको खोप लगाइने स्वास्थ्य उनले जानकारी दिए ।
स्वास्थ्य कार्यालय झापाले ६ सय ९० वटा खोप केन्द्रबाट झापाभरका २ लाख १५ हजार ३ सय ५० जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउन २ सय २८ जना खोपकर्मी र ४ सय ५६ जना स्वयम्सेवक खटाइएको उनले बताए ।
सरकारले हालसम्म नियमित संचालन गर्दै आएको १२ वटा खोपमा १३औँ खोपको रुपमा टाइफाइड बिरुद्धको खोपलाई थप गर्न लागेको फोकल पर्सन बालकृष्ण भण्डारीले बताए । यो अभियान पश्चात् सरकारले १५ महिनाको उमेरमा नियमित खोपको रुपमा टाइफाइड बिरुद्धको खोप दिने भएको उनले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus ( )