इकम कलेजमा अव विजिनेस स्टडिज र कम्प्युटर साइन्सका कक्षा

इकम कलेजमा अव विजिनेस स्टडिज र कम्प्युटर साइन्सका कक्षा

बिर्तामोड । बिगतका वर्षहरुमा होटल म्यानेजमेन्टमा बिद्यार्थी पढाउँदै आएको झापाको इष्टर्न इम्पायर कलेज अफ होटल मेनेजमेन्ट (इकम)मा आगामी शैक्षिक सत्रदेखि थप दुई विषयमा प्लस टु सञ्चालन गरिने भएको छ ।

बिर्तामोडको इलाम स्टेण्डमा सञ्चालन हुँदै आएको इष्टर्न इम्पायर कलेज अफ होटल मेनेजमेन्ट (इकम)बिर्तामोड–१ स्थित देबी पञ्चकन्या प्लटिङको शिवालय मन्दिरको उत्तरपटि सरेसंगै आगामी शैक्षिक सत्रदेखि थप दुई विषयमा प्लस टु सञ्चालन गरिने भएको हो ।
नयाँ आधुनिक संरचना रहेको भवनबाट इष्टर्न इम्पायर कलेज अफ होटल मेनेजमेन्ट (इकम)ले आगामी शैक्षिक सत्रदेखि प्लस टुमा विजिनेस स्टडिज, कम्प्युटर साइन्स र होटल म्यानेजमेन्टका कक्षा सञ्चालन गरिने इष्टर्न इम्पायर कलेज अफ होटल मेनेजमेन्ट (इकम)का संस्थापक अध्यक्ष आलोक कार्कीले जानकारी दिए ।
यसअघि इकममा होटल म्यानेजमेन्टका विषय मात्र पढाई हुने भएपनि आगामी शैक्षिक सत्रदेखि बिजनेस स्टडीज र कम्युटर साइन्स् बिषयलाई समावेश गराइएको उनले बताए ।
इकममा आगामी शैक्षिक सत्रदेखि एसर्इई पश्चातपनि पढ्न मिल्ने गरी डुअल कोर्षपनि सञ्चालन गरिरहेको बताउँदै उनले अब इकममा एसईई उत्तिर्ण पछि प्लस टु र एड्भान्स डिप्लोमा अफ होटल म्यानेजमेन्ट संगै पढ्न सकिने बताए ।
२०७१ सालमा स्थापित इकमले होटल म्यानेजमेन्ट सम्बन्धि एड्भान्स डिप्लोमा कक्षा सञ्चालन गर्दै आएको बताउँदै उनले इकममा प्लस टु कोर्ष गरेका विद्यार्थीले विदेशका कलेजहरुमा पढ्ने इच्छा भएमा सिधै व्याचलरको दोस्रो बर्षमा भर्ना हुन सकिने बताए ।
इकममा अध्ययन गरेका विद्यार्थीहरु कोर्षका अतिरिक्त प्रस्तुतीकरण लगायतका सीपमा समेत दक्ष भएका कारण विदेशका कलेजमा समेत उत्कृष्ट प्रतिभा प्रस्तुत गरिरहेको उनले बताए । उनले इकममा अध्ययन गरेका विद्यार्थी अष्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा उच्च शिक्षाका लागि जाने गरेको जानकारी दिए ।
इकममा पढीसकेका विद्यार्थीलाई जब प्लेसमेन्टसमेत गरिदिने बताउँदै उनले गएको बर्षसम्म इकमले तीन सय १० जना विद्यार्थीलाई जागिरमा लगाईसकेको जानकारी दिए ।
इकममा दक्ष प्राध्यापक र सुविधासम्पन्न भौतिक पूर्वाधार, वातानुकुलित कक्षा भएपनि शुल्क भने अन्य कलेजको भन्दा बढी नहुने उनले बताए ।्
इकमले पढाईको अतिरिक्त विद्यार्थीहरुको इच्छा र क्षमता अनुसारका सीपमुलक तालिम तथा खेलकुदलगायतका अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गरिरहेको उनले बताए ।
इकमका सञ्चालकहरुमा आलोक कार्की, निर्मल निरौला, सशांक पुरी, प्रितम कोइराला, सुमन श्रेष्ठ, धर्मप्रसाद राजवंशी, बिबेक नेपाल, सुमन उप्रेती र रविन पाठक रहेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )