वरिष्ठ गीतकार थापालाई अमर भावना गीतकार राष्ट्रिय स्रष्टा सम्मान

वरिष्ठ गीतकार थापालाई अमर भावना गीतकार राष्ट्रिय स्रष्टा सम्मान

बिर्तामोड । झापा बिर्तामोड –१ निवासी वरिष्ठ गीतकार शिवशंकर थापालाई अमर भावना गीतकार राष्ट्रिय स्रष्टा सम्मान –२०७८ बाट सम्मान प्रदान गरिने भएको छ ।

गीतकार संघ नेपालले नेपाली गीत लेखनमा निरन्तर साधनारत् थापालाई अमर भावना गीतकार राष्ट्रिय स्रष्टा सम्मान –२०७८ बाट सम्मान प्रदान गरिने विज्ञप्ती जारी गरी जानकारी गराएको हो ।
वरिष्ठ गीतकार थापालाई एक लाख ५१ हजार रुपैयाँ , ताम्रपत्र र दोसल्लासहित अमर भावना गीतकार राष्ट्रिय स्रष्टा सम्मान –२०७८ बाट सम्मान प्रदान गरिने बताइएको छ ।
वरिष्ठ गीतकार थापा साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )