बिर्तामोड –५ को वागडोर रोहितले सम्हाल्दै

बिर्तामोड –५ को वागडोर रोहितले सम्हाल्दै

बिर्तामोड। बिर्तामोड नगरपालिका वडा नंं.५ को वागडोर अब युवा नेता रोहित प्रसाईले सम्हाल्ने भएका छन् ।

बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट बिर्तामोड नगरपालिका वडा नंं.५ को अध्यक्षमा निर्वाचित भएसंगै उनले अब बिर्तामोड नगरपालिका वडा नंं.५ को वागडोर सम्हाल्ने भएका हुन् ।
प्रसाईले अहिलेका वडाध्यक्ष नेकपा एमालेका राजेन्द्रप्रसाद लिङ्देनलाई २३० मतले पराजित गरेका थिए । प्रसाईले दुई हजार ४ सय ७९ मत प्राप्त गरे भने लिङ्देनले दुई हजार २ सय ४९ मत प्राप्त गरे ।बिर्तामोड –५ को वडाध्यक्ष कांग्रेसले जिते पनि नेकपा एमालेबाट खुला सदस्यमा दुर्गाप्रसाद शिवाकोटी (२२११) , ओमभक्त सेडाई (२१६५), महिला सदस्यमा शान्ता रोक्कम क्षत्री (२२९३) र दलित महिला सदस्यमा मालती विश्वकर्मा (२२६७) मतसहित निर्वाचित भएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )