अभिभावक शिक्षा तालिम

बिर्तामोड । सेतो गुँरास वालविकास सेवा झापा र सेतो गुँरास राष्ट्रिय वालविकास सेवा ललितपूरको आयोजनामा प्रारम्भिक वालविकास, पूर्व प्राथमिक कक्षाका नयाँ अभिभावक शिक्षा सहयोगी सहजकर्ताका लागि सात दिवसिय अभिभावक शिक्षा तालिम झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।
नेपालको प्रारम्भिक वालविकास अध्ययनमा सहयोग परियोजना अन्तर्गत झापाका १५ वटै पालिकाको सहकार्यमा तालिमको आयोजना गरिएको थियो ।
सेतो गुँरास वालविकास सेवा झापाकी अध्यक्ष कृष्णमाया रिजालको अध्यक्षता तथा कचनकवल गाउँपालिका शिक्षा शाखा प्रमुख छविलाल बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपालको प्रारम्भिक वालविकास अध्ययनमा सहयोग परियोजना संयोजक प्रकाश रेग्मीले औचित्यमाथी प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बस्नेत,अर्जुनधारा नगर शिक्षा शाखाकी समिरा दाहाल, सेतो गुँरास राष्ट्रिय वालविकास सेवा ललितपूरकी कोषाध्यक्ष कौशिला खरेल, प्रशिक्षक भीमा राईलगायतले शुभकामना दिएका थिए ।
सात दिनसम्म सञ्चालन भएको तालिममा झापाका १५ वटै पालिकाका ५० जना अभिभावक शिक्षा सहजकर्ताहरुको सहभागिता रहेको तालिमकोसहजीकरण सेतो गुँरास वालविकास सेवाका प्रशिक्षकहरु भीमा राई, पम्फा खड्का ,कौशिला खरेल,माधवीसिंह राजवंशीलगायतले गरेका थिए ।
कार्यक्रममा तालिमका सहभागीहरु होमकुमारी भण्डारी , सनतकुमार कार्कीले अनुभव प्रस्तुत गरेका थिए भने सहभागीहरुले विदाइ गीतसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा साहित्यकार कृष्णप्रसाद रिजाल, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालगायतको आतिथ्य रहेको थियो ।
संस्थाकी उपाध्यक्ष ममता ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सेतो गुँरास वालविकास सेवा झापाकी सचिव माधवीसिंह राजवंशीले गरेको संस्थाका सदस्य रामप्रसाद रोक्काले जानकारी दिए ।