बिर्तामोडमा स्काउट आधारभूत तालिम

बिर्तामोडमा स्काउट आधारभूत तालिम

बिर्तामोड । झापाको बिर्तामोडमा छ दिवसिय स्काउट आधारभूत तालिम शुरु भएको छ ।

बिर्तामोड नगरपालिकाको आयोजना तथा बिर्तामोड नगर स्काउट तदर्थ समितिको संयोजनमा बिर्तामोडको एमिटि एजुकेशन फाउण्डेशनको सभाहलमा तालिम शुरु भएको हो ।
बिर्तामोड नगर स्काउट तदर्थ समितिको संयोजक निकुञ्ज शर्माको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्काउट शिक्षक देवी पराजुलीले स्वागत गरेका थिए ।
कोर्ष लिडर शिवानी देवानले तालिमको औचित्यबारे जानकारी गराएको कार्यक्रममा प्रमुख अतिथि प्रसाईं, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवर, बिर्तामोड नगर शिक्षा अधिकृत तिलचन भण्डारी, नेपाल स्काउटका प्रदेश संयोजक रवी खनाल, नेपाल स्काउटका राष्ट्रिय तालिम आयुक्त शिवकुमार पौडेललगायतले शुभकामना दिएका थिए ।
स्काउट आधारभूत तालिममा सहभागी १८ जना पुरुषलाई कोर्ष लिडर अरुण बस्नेत र १८ जना महिलालाई कोर्ष लिडर शिवानी देवानले तालिम प्रदान गरिरहेको स्काउट शिक्षक नवराज सिटौलाले जानकारी दिए ।
कार्यक्रमको सञ्चालन बिर्तामोड नगर स्काउट तदर्थ समितिकी सदस्य संगीता पराजुलीले गरेकी थिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )