टीभीएस अपाच्चे आरटीआर १६० फोरभी आरटीएफआई मोटरसाइकल बिर्तामोडमा

टीभीएस अपाच्चे आरटीआर १६० फोरभी आरटीएफआई मोटरसाइकल  बिर्तामोडमा

बिर्तामोड । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सको बीएस–भीआई मोडलको टीभीएस अपाच्चे आरटीआर १६० फोरभी आरटीएफआई मोटरसाइकल झापाको बिर्तामोडमा सार्वजनिक भएको छ ।

नेपालमा लामो समयदेखि प्रतीक्षा गरिएको मोटरसाइकल टीभीएस अपाच्चे आरटीआर १६० फोरभी आरटीएफआई बिर्तामोडको लागि आधिकारिक विक्रेता पाथिभरा अटो लिङ्कले सार्वजनिक गरेकोे हो ।
बिर्तामोड उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, प्रेस युनियन झापाकी अध्यक्ष इन्दू पूर्वेली, र पाथिभरा अटो लिङ्कका सञ्चालक याम कार्कीले उक्त मोटरसाइकलको सार्वजनिक गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले टिभीएसले हरेक वर्ग, उमेरका मानिसलाई लक्षित गरेर टिभीएसले बाइकहरु उत्पादन गर्दै आएको बताउँदै ग्राहकको सुविधालाई कम्पनीले सदैव प्राथमिकता दिएको उल्लेख गरे ।
टिभीएसको आरटीआर १६० फोरभी बाइकको फिचरका बारेमा पाथीभरा अटो लिङ्कका सेल्स पर्सन सुदिप पाठकले जानकारी दिए । उनले उक्त मोटरसाइकलले प्रतिलिटर ५२ देखि ५५ लिटरसम्म माइलेज दिने, स्मार्ट कनेक्सन (मोबाइल र गाडीको मिटरसँग कनेक्सन), ती प्रकारको मोडमा बाइक कुदाउन सकिने लगायतका बारे बताए ।
नेपालका लागि टिभीएसको आधिकारी बिक्रेता जगदम्बा मोटर्सले यसअघि नै बाइक सार्वजनिक गरिसकेको छ भने रिजनल रुपमा सार्वजनिक गर्ने कार्यक्रम अन्तरगत बिर्तामोडको पाथीभरा अटो लिङ्कले टीभीएस अपाच्चे आरटीआर १६० फोरभी आरटीएफआई मोटरसाइकल सार्वजनिक गरेको हो ।
उक्त मोटरसाइकलमा तीन राइड मोडहरू (रेन, अर्बन र स्पोर्ट) जस्ता यस वर्गकै पहिलो र उत्कृष्ट फिचर छन् ।यस मोटरसाइकलले स्पोर्ट मोडमा १७.५५ पीएस एट ९२५० आरपीएम र अर्बन र रेन मोडमा १५.६४ पिएस एट ८६०० आरपीएम पावर उत्पादन गर्दछ ।
त्यस्तै, यसले स्पोर्ट्स मोडमा १४.७३ एनएम एट ७२५० आरपीएम र अर्बन र रेन मोडमा १४.१४ एनएम एट ७२५० आरपीएम टर्क उत्पादन गर्दछ । राइड मोडहरूले पावर र एविएस सेटिङलाई कुनै पनि सवारी अवस्थाहरूमा अनुकूल बनाएर राइडरलाई सहायता गर्दछन् ।

शून्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधासमेत रहेको कम्पनीका एरिया सेल्स म्यानेजर तीर्थ रिजालले जानकारी दिए । टीभीएस अपाच्चे आरटीआर १६० फोरभी आरटीएफआईको बजार मूल्य ३ लाख ७९ हजार ९ सय रहेको छ । पाथिभरा अटो लिङ्कका सञ्चालकहरु सजेश शिवाकोटी, विपिन बस्नेत र याम कार्की रहेका छन् । कार्यक्रमको सञ्चालन जगदम्वा मोटर्स प्रालिका रिजनल सेल्स अफिसर तिर्थ रिजालले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (1 )