महिन्द्रा ट्रीओ अटोको बिर्तामोड र दमकमा विक्री शुरु

महिन्द्रा ट्रीओ अटोको  बिर्तामोड र दमकमा  विक्री शुरु

बिर्तामोड । पछिल्लो समय नेपालमा इलेक्ट्रिक सवारीसाधनको माग तथा क्रेज बढ्दै गएको छ । नेपालमा दिनप्रतिदिन पेट्रोलियम पदार्थको मूल्य वढ्दै गएपछि इलेक्ट्रिक सवारीसाधनको माग तथा क्रेज बढ्दै गएको हो ।

यसैक्रममा भारतको सबैभन्दा ठूलो इलेक्ट्रिक थ्री ह्‌विलर उत्पादक महिन्द्रा एन्ड महिन्द्राले उत्पादन गरेकोमहिन्द्रा ट्रीओ अटोको झापाको बिर्तामोड र दमकमा एकैसाथ विक्री शुरु गरिएको छ । नेपालका लागि आधिकारिक विक्रेता अग्नी ग्रुप प्रालिले नेपालमा भित्र्याएको महिन्द्रा ट्रीओ अटोको झापाको बिर्तामोडमा अल्फा इ अटो सप्लायर्स प्रालिले महिन्द्रा ट्रीओ अटोको विक्री शुरु गरेको हो । व्यवसायीहरु कमल पौडेल, प्रेमनारायण पोखरेल, छबीलालदास अग्रवालले सञ्चालनमा ल्याएको अल्फा इ अटो सप्लायर्स प्रालिले बिर्तामोडमा एक कार्यक्रम गरी महिन्द्रा ट्रीओ अटोको विक्री शुरु गरेको हो ।

अल्फा इ अटो सप्लायर्स प्रालिका सञ्चालक कमल पौडेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा छत्र पौडेलले स्वागत गरेका थिए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले नेपालमा पेट्रोलियम पदार्थको मूल्य वढ्दै जाँदा झापाको बिर्तामोडमा अल्फा इ अटो सप्लायर्स प्रालिले महिन्द्रा ट्रीओ अटोको विक्री शुरु गरेर व्यवसायीलाई राहत दिएको बताए ।
कार्यक्रममा अग्नी ग्रुप प्रालिका असिस्टेन्ट जेनेरल म्यानेजर प्रमोद भण्डारीले महिन्द्रा ट्रीओ अटोको विशेषताको बारेमा जानकारी गराएका थिए । उनले महिन्द्रा ट्रीओ अटो एकपटक चार्ज गर्दा १३० किमी गुड्ने, ३ वर्षको वारेन्टी, ५ वर्षको व्याट्री लाइफ, क्लचरहित यात्रा, उच्च क्याविन स्थान, खुट्टा राख्ने राम्रो ठाउँ, र आरामदायी यात्रा गर्न सकिने बताए । यसको लागत मूल्य ६ लाख देखि ८ लाखसम्म रहेको उनले बताए ।
कार्यक्रममा अर्जुनधारा –९ का वडाध्यक्ष भिष्म मिश्र, महालाल पौडेल, डिआर कडरिया, गोमा खतिवडा, युवराज दाहाल, उत्तम खनाल, प्रशान्त भण्डारी, सुशेश वंशललगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन रामजी पोखरेलले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )