इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनको प्रेसिडेन्टमा सम्झना भण्डारी

बिर्तामोड । इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनको प्रेसिडेन्टमा सम्झना भण्डारी चयन भएकी छिन् ।
इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनको सन् २०२२÷०२३ का लागि प्रेसिडेन्टमा भण्डारी चयन भएकी हुन् । यसअघि भाइस प्रेसिडेन्ट रहेकी भण्डारीले जुलाई १ तारिक अर्थात असार १७ गतेदेखि कार्यभार सम्हालेकी छिन् ।
इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनको चाटर्ड प्रेसिडेन्टमा भूमिका पोखरेल, इमिडेट पास्ट प्रेसिडेन्टमा जमुना भुषाल शर्मा, पास्ट प्रेसिडेन्टमा रेणु वंशल, सेक्रेटरी जुनु विमली उप्रेती, ट्रेजरर रिजु क्षेत्री पाण्डे, आइएसओ लुना वस्नेत, इडिटर कमला पौडेल रहेका छन् ।
त्यस्तै एक्जुकेटीभ मेम्वरहरुमा वर्षा राजभण्डारी, रेखा अग्रवाल, रेणु गोयल, निलम अग्रवाल, इन्दिरा थापा कार्की, अनिता शर्मा रहेका छन् । त्यस्तै मेम्वरहरुमा निलम अग्रवाल, गीता खरेल , स्वेता थापा, रिचा चुडाल रहेका छन् ।