थापा , खड्का र ढकाललाई जेसी अफ द मन्थको अवार्ड

थापा , खड्का र ढकाललाई जेसी अफ द मन्थको अवार्ड

बिर्तामोड । वीरता जेसीजले हरेक महिना प्रदान गर्दै आएको जेसी अफ द मन्थको अवार्ड आयुश समशेर थापा, जनक खड्का र वशन्त ढकाललाई प्रदान गरेको छ ।

वीरता जेसीजको सचिवालयमा आयोजित पाँचौ बोर्ड बैठकमा वीरता जेसीजका अध्यक्ष प्रविण खड्काले वीरता जेसीजका सदस्य समन्वय संयोजक आयुश समशेर थापालाई जेसी अफ द मन्थ अप्रिल, तालिम संयोजक जनक खड्कालाई जेसी अफ द मन्थ मे र उपाध्यक्ष वशन्त ढकाललाई जेसी अफ द मन्थ जुनको अवार्ड प्रदान गरेका हुन् ।

वीरता जेसीजको वर्तमान नेतृत्वले कार्यभार सम्हालेपछि हरेक महिना नयाँ सोच र उत्कृष्ट कार्य गर्ने एकजनालाई जेसी अफ द मन्थको अवार्ड प्रदान गर्न सुरु गरेको वीरता जेसीजका अध्यक्ष खड्काले बताए ।

उत्कृष्ट कार्यको कदर गर्दै उत्कृष्ट कार्य गर्न अरुलाई पनि प्रेरित गर्ने उद्देश्यले वीरता जेसीजले सन् २०१८ देखि जेसी अफ द मन्थको अवार्ड प्रदान गर्ने कार्यको थालनी गरिएको र यस वर्ष पनि यस कार्यलाई निरन्तरता दिइएको उनले बताए । कार्यक्रमको सहजीकरण वीरता जेसीजका महासचिव टीकाराम खतिवडाले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )