कनकाई हस्पिटल बिर्तामोडको १६ औं वार्षिकोत्सव

कनकाई हस्पिटल बिर्तामोडको १६ औं वार्षिकोत्सव

बिर्तामोड । कनकाई हस्पिटल बिर्तामोडको १६ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

कनकाई हस्पिटलका चेयरमेन वरिष्ठ अर्थोपेडिक सर्जन डा. प्रेमबहादुर शाहीको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कनकाई हस्पिटलका सञ्चालक महेन्द्रबहादुर राईले स्वागत गरेका थिए ।
कनकाई हस्पिटलका कार्यकारी प्रवन्ध निर्देशक युवराज डाँगीले औचित्यमाथी प्रकाश पार्दै हालसम्म ५० हजारभन्दा वढीले उपचार सेवा लिएको र आगामी पाँच बर्षभित्रमा प्रदेश १ का सेवाग्राहीलाई लक्षित गरी बिर्तामोड–६ बुट्टाबारीमा १०० शैय्याको हस्पिटल निर्माण गरिने जानकारी दिए ।
कार्यक्रममा नेपाल मेडिकल एशोसिएसन मेचीका अध्यक्ष तथा सिनियर कार्डियोलोजिष्ट डा.सिपी यादव, कनकाई हस्पिटलका शेयर होल्डर ज्योतिसिंह दर्लामी ,वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा.सन्तोष मिश्र लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा भारतको गंगाराम हस्पिटलबाट माइक्रोस्कोपी स्पाइन सर्जरी र एन्डोस्कोपिक न्युरो स्पाइन सर्जरी सम्बन्धी विशेषज्ञता हाँसिल गरेर नेपालमै पहिलो पटक कनकाई हस्पिटल बिर्तामोडमा आएर पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै कनकाई हस्पिटलका चेयरमेन वरिष्ठ अर्थोपेडिक सर्जन डा. प्रेमबहादुर शाही र कनकाई हस्पिटलका वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा.सन्तोष मिश्रलाई अभिनन्दन गरिएको थियो ।
सोही कार्यक्रममा कनकाई हस्पिटलका शेयर होल्डर यामकुमार खड्का, कनकाई हस्पिटलमा पाँच वर्ष भन्दा वढी सेवा गर्ने डाक्टर, नर्स, कर्मचारीलगायतलाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि गोम्देन, कनकाई हस्पिटलका चेयरमेन डा. शाही, कार्यकारी प्रवन्ध निर्देशक डाँगी, सञ्चालकहरु खेमराज वाँनिया, किशोर भूजेल, राजकुमार राई , शेयर होल्डरहरु यामकुमार खड्का, ज्योतिसिंह दर्लामी, संरक्षक टेकबहादुर लिम्वू, राजुजंग कन्दङ्वा, डा.सिपी यादव, डा. प्रमोदकुमार रायलगायतले सम्मान पत्र प्रदान गरेका थिए ।

कनकाई हस्पिटलले स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत ओपीडी सेवा, इमरजेन्सी सेवा, मेरुदण्ड, हाडजोर्नी तथा नशा रोग, प्रसूति तथा स्त्री रोग, नवजात शिशु तथा बालरोग, एनेस्थेसीया तथा क्रिटीकल केयर, आइसीयु सेवा, जनरल तथा ल्याप्रोष्कोपिक सर्जरी सेवा, रेडियोलोजी, फिजियोथेरापी, प्याथोलोजी लगायतका विभिन्न विशेषज्ञसहितको सेवा प्रदान गर्दै आइरहेको कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रमको सञ्चालन बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )