गिरीलाई अफिसर अफ द मन्थ जुन को अवार्ड

गिरीलाई अफिसर अफ द मन्थ जुन को अवार्ड

बिर्तामोड । वीरता लेडी जेसीजले अफिसर अफ द मन्थ जुन को अवार्ड वीरता लेडी जेसीजकी कोषाध्यक्ष संगीता गिरीलाई प्रदान गरेको छ ।

वीरता लेडी जेसीजकी कोषाध्यक्ष गिरीले जुन महिनामा उत्कृष्ट कार्य गरेको भन्दै अफिसर अफ द मन्थ जुनको अवार्ड प्रदान गरेको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले बताइन् ।
वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाको अध्यक्षतामा भएको बोर्ड वैठकमा कोषाध्यक्ष संगतिा गिरीलाई अफिसर अफ द मन्थ जुन घोषणा गरी अध्यक्ष चिमरिया र निवर्तमान अध्यक्ष स्वस्तिका आचार्यले उक्त अवार्ड प्रदान गरेका थिए ।

वीरता लेडी जेसीजका बोर्डका पदाधिकारी तथा सदस्यहरुको महिनाभरीको सक्रियता र रचनात्मक कार्यशैलीको मूल्याङ्कन गरी वीरता लेडी जेसीजले हरेक महिना बोर्डका पदाधिकारी तथा सदस्य मध्ये एक जना उत्कृष्ट घोषणा गरेर अफिसर अफ द मन्थ अवार्ड वितरण गर्दै आएको अध्यक्ष चिमरियाले बताइन् । कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले गरेकी थिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )