यसरी गरे मनुरामले पिताको श्राद्ध

यसरी गरे मनुरामले पिताको श्राद्ध

विर्तामोड । सामान्यतयाः आ–आफ्नो गच्छे अनुसार आफन्त अनि पण्डित, पूरोहितको उपस्थितिमा कर्ताले श्राद्ध गर्ने गर्दछन् । तर, झापा बिर्तामोड–१ का मनुराम चिमरियाले भने वृद्धवृद्धालाई सहयोग गरेर श्राद्ध गरेका छन् ।

उनले कनकाई नपा वडा नं. ४ राधाकृष्ण मन्दिरमा आश्रय लिएर वसेका वृद्धवृद्धालाई खाद्यान्न र नगद प्रदान गरेर पिता नन्दराम चिमरियाको श्राद्ध गरेका हुन् । पिता नन्दराम चिमरियाको स्मृतिमा ब्राह्मणहरूद्वारा भागवत गीताको पाठ गर्नुका साथै ब्राह्मणहरु र वृद्धवृद्धालाई भोजन समेत गराइएको थियो ।
विगत आठ वर्षदेखि कनकाई नपा वडा नं. ४ राधाकृष्ण मन्दिरमा आश्रय लिएर वसेका वृद्धवृद्धालाई खाद्यान्न र नगद प्रदान गरेर पिता नन्दराम चिमरियाको श्राद्ध गर्दै आइरहेको उनले बताए । मेची टप इन्भेष्टमेन्ट ग्रुप प्रालिका केन्द्रीय अध्यक्ष, एचडी हेयर एण्ड डर्मा केयर प्रालि (स्कीन हस्पिटल) बिर्तामोडका सञ्चालक, सामुदायिक स्वास्थ्य सरोकार केन्द्र बिर्तामोडका अध्यक्ष लगायत विभिन्न संघ–संस्थामा आवद्ध रहेका चिमरियाले राधाकृष्ण मन्दिरमा आश्रय लिएर वसेका वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण, औषधि वितरण गर्नुका साथै खाद्यान्न समेत वितरण गर्दै आइरहेको बताए ।

सन्तानले पितृको सम्झनामा प्रत्येक वर्ष श्रद्धापूर्वक श्राद्ध गर्नुपर्छ तबमात्र त्यसलाई पितृले ग्रहण गर्छन् भन्ने शास्त्रीय भनाईलाई आत्मसात गर्दै वृद्धवृद्धालाई खाद्यान्न र नगद प्रदान गरेर पिता नन्दराम चिमरियाको श्राद्ध गर्दै आइरहेको उनले बताए । वृद्धवृद्धा भनेका पितृसमान ज्युँदा तीर्थ हुन् ,उनीहरुलाई श्रद्धापूर्वक सम्मान गरियो भने उनीहरुले दिएको आशीर्वादले पितृ खुशी हुने बताउँदै आफूले यसरी पिता नन्दराम चिमरियाको श्राद्ध गर्दै आइरहेको उनले बताए । राधाकृष्ण मन्दिरमा आश्रय लिएर वसेका वृद्धवृद्धाहरुले खाना र दक्षिणा पाएपछि खुशी हुँदै मनुरामलाई आशीर्वाद दिएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )