डम्पिङ साइटको ब्यवस्था नगर्दा फोहोरमैला ब्यवस्थापन गर्न समस्या

डम्पिङ साइटको ब्यवस्था नगर्दा फोहोरमैला ब्यवस्थापन गर्न समस्या

बिर्तामोड । पूर्वको व्यापारिक केन्द्रको रुपमा परिचित बिर्तामोड पछिल्लो समय फोहोरमैलाका कारण दुर्घन्दीत बन्दै गएको छ । बिर्तामोड नगरपालिकाले डम्पिङ साइटको ब्यवस्था नगरेका कारण जताततै फोहोर थुप्रिएका कारण बिर्तामोड दुर्घन्दीत बन्दै गएको हो ।

बिर्तामोडको फोहोरमैला संकलनका लागि निराकार सरसफाई सेवा प्रालिले पाँच वर्षको सम्झौता गरेपनि बिर्तामोड नगरपालिकाले डम्पिङ साइटको ब्यवस्था नगरेका कारण गत साउन १ गतेदेखि बिर्तामोडको फोहोरमैला ब्यवस्थापन गर्न समस्या उत्पन्न भएको छ ।
डम्पिङ साइटको अभावका कारण गत साउन १ गतेदेखि आफूहरुले बिर्तामोडको फोहोरमैला संकलन गर्न नसकेको निराकार सरसफाई सेवा प्रालिका सुपरभाइजर अग्निकुमार भट्टराईले बताए । आफूहरुले छ वटा ट्याक्टर र एउटा जेसीभीमार्फत बिर्तामोडको फोहोरमैला संकलन गरेपनि डम्पिङ साइट अभावका कारण बिर्तामोडको फोहोरमैला गाडीमा लोड गरेर राखेको उनले बताए ।
निराकार सरसफाई सेवा प्रालिले बिर्तामोडको फोहोरमैला संकलन गर्ने र बिर्तामोड नगरपालिकाले डम्पिङ साइटको व्यवस्था गर्ने सम्झौता भएको कर्मचारी लीला बास्तोलाले जानकारी दिइन् । आफूहरुले बिर्तामोडको फोहोरमैला संकलन गरेर बिरिङ खोलामा विर्सजन गर्दै आइरहेपनि त्यहाँको सम्झौता सकिएर फोहोरमैला विर्सजन गर्न नदिएपछि आफूहरुलाई फोहोरमैला विर्सजन गर्न समस्या भएको उनले बताइन् । बिर्तामोडको फोहोरमैला संकलन नहुँदा ३३ जना कर्मचारीको तलव र छ वटा ट्याक्टर र एउटा जेसीभीको सवारी खर्चसमेत दिन नसकिएको उनले बताइन् । बिर्तामोड नगरपालिकाले डम्पिङ साइटको ब्यवस्था गरे आफूहरुले जुनसुकै समयमा पनि बिर्तामोडको फोहोरमैला संकलन कार्यलाई निरन्तरता दिने उनले बताइन् । यता बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईले आफूहरुले बिर्तामोडको फोहोरमैला विर्सजन गर्न डम्पिङ साइटका लागी जग्गा खोज्ने कार्य भइरहेको जानकारी दिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )