विशेष केन्द्रीय महाधिवेशनबाट राजवंशी समाज विकास समितिलाई वैधता

विशेष केन्द्रीय महाधिवेशनबाट राजवंशी समाज विकास समितिलाई वैधता

बिर्तामोड । राजवंशी समाज विकास समितिको केन्द्रीय अध्यक्षमा अभय राजवंशी निर्वाचित भएका छन् ।

राजवंशी समाज विकास समितिको झापाको बिर्तामोडमा भएको विशेष केन्द्रीय महाधिवेशनले झापा कनकाई –९ का शैक्षिक, तथा सामाजिक क्षेत्रमा क्रियाशील युवा अभय राजवंशीको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो । केन्द्रीय समितिको उपाध्यक्षहरूमा बद्रीनारायण राजवंशी, मोहन राजवंशी, नौताली राजवंशी र लक्ष्मीकुमारी राजवंशी , महासचिवमा राजकुमार राजवंशी , सचिवमा संगीता राजवंशी, सुवासचन्द्र राजवंशी, बबिता राजवंशी र पूर्णलाल राजवंशी , कोषाध्यक्षमा अनिलकुमार राजवंशी निर्वाचित भएका छन् ।

 

त्यस्तै केन्द्रीय समितिको सदस्यहरूमा सुपेन राजवंशी, रविन्द्र राजवंशी, नारायण राजवंशी, सुखित राजवंशी, जयप्रकाश राजवंशी, प्रमोद राजवंशी, मदनलाल राजवंशी, कल्पना राजवंशी, सावित्रा राजवंशी र मिनाकुमारी राजवंशी निर्वाचित भएका छन् । जम्मा २५ सदस्यीय केन्द्रीय समितिमध्ये झापाबाट १० जना, मोरङबाट ११ जना निर्वाचित भएका छन् भने सुनसरी, काठमाडौंबाट ४ जना मनोनित हुने बताइएको छ । निर्वाचनका लागि अधिवक्ता राजकुमार राजवंशी निर्वाचन अधिकृत र गंगाप्रसाद राजवंशी, हंशनारायण राजवंशी, भरत राजवंशी र सुमनसिंह राजवंशी रहेको निर्वाचन समिति गठन गरिएको थियो । राजवंशी समाज विकास समिति विशेष केन्द्रीय महाधिवेशन आयोजक समितिका संयोजक मोहन राजवंशीको अध्यक्षता तथा नेपाल आदीवासी जनजाती महासंघका केन्द्रीय उपमहासचिव रामकृष्ण तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नौताली राजवंशीले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा अधिवक्ता राजकुमार राजवंशी, डा. राजेन्द्र चौधरी राजवंशी, इञ्जिनियर आमोदप्रसाद चौधरी राजवंशी, तुलाराम राजवंशी , जलन्धर राजवंशी, सुवासचन्द्र राजवंशी , टोम राजवंशी , बद्रीनारायण राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए । विशेष केन्द्रीय महाधिवेशनमा झापा, मोरङ, सुनसरी र काठमाडौंबाट सात सय भन्दा वढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
यसैबीच राजवंशी समाज विकास समितिको नवनिर्वाचित केन्द्रीय समितिका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहण गराइएको छ । बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन अधिकृत अधिवक्ता राजकुमार राजवंशीले राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्षमा अभय राजवंशीसहित निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहण गराएका थिए । । कार्यक्रममा केन्द्रीय अध्यक्ष अभय राजवंशीले आफूहरुले वैधानिक रुपमा केन्द्रिय महाधिवेशन सम्पन्न गरेको बताए । उनले भने ‘विधि र प्रक्रिया मिचेर बनेको पुरानो केन्द्रिय समिति विशेष महाधिवेशनबाट स्वतः विगठन भएको छ । ‘केही व्यक्तिहरूको निजी स्वार्थमा समाजभित्र विभिन्न भ्रमहरू फैलाएर समुदायमा विभाजन ल्याउने काम भएको छ । त्यस्ता भ्रमहरूलाई यस विशेष महाधिवेशनले चिरिदिएको छ ।’ कुनै पनि व्यक्तिले राजवंशी समाज विकास समितिको लेटर प्याड प्रयोग नगर्न र भएका कागजातहरू वैधानिक समितिलाई बुझाउन उनले आग्रह समेत गरेका छन् ।
सबै राजवंशी समुदायलाई अब एक ढिक्का भएर आफ्नो भाषा,संस्कार संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्न र आफ्नो हकअधिकार प्राप्त गर्नको लागि अघि वढ्न आग्रह गरेका छन् । आफ्नो अधिकतम् समय समुदायको लागि खर्चिने बताउँदै उनले त्यसका लागि आफूलाई साथ दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )