नेपाल उद्यमशिल महिला संघ झापाको अध्यक्षमा विमली

नेपाल उद्यमशिल महिला संघ झापाको अध्यक्षमा विमली

बिर्तामोड । नेपाल उद्यमशिल महिला संघ झापाको अध्यक्षमा पुनः पार्वता खरेल विमली चयन भएकी छिन् ।

 

संस्थाको पाँचौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले विमलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित समितिको बरिष्ठ उपाध्यक्षमा निरमाया पुलामी, प्रथम उपाध्यक्षमा ऐश्वर्या पाण्डे, द्वितीय उपाध्यक्षमा देवीमाया पोखरेल, महासचिवमा यशोदा प्रसाई भट्टराई, सचिवमा चन्द्रा पोखरेल, कोषाध्यक्षमा शुशिला पाठक रहेका छन् ।
१७ सदस्यीय कार्यसमितिको सदस्यहरुमा मुना पौडेल, उमा प्रसाई, दुर्गा पौडेल, चन्द्रकला रिजाल, विमला न्यौपाने, अर्चना बुढाथोकी, निरा न्यौपाने कट्टेल, बिना थापा, संगिता चिमरिया र कमला प्रसाई रहेका छन् ।
कार्यसमिति चयन गर्नका लागि निर्वाचन समितिकी संयोजक एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला र सदस्यहरु
संस्थाकी सल्लाहकार भीमा शिवाकोटी , उमा तिम्सिना रहेको समिति गठन गरिएको थियो ।
संस्थाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्षमा निरमाया पुलामीले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा संस्थाकी अध्यक्ष पार्वता खरेल विमलीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शुशिला पाठकले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मेचीनगर –१४ निवासी महिला उद्यमी निर्मला भण्डारीलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि महतारा, बिर्तामोड वडा नं.–५ का वडाध्यक्ष रोहित प्रसाई, चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख रुगमबहादुर कुँवर, एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला,
संस्थाकी पूर्व महासचिव सावित्रा दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रमको सञ्चालन संस्थाकी सचिव यशोदा प्रसाईले गरेकी थिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )