व्यक्तिका नाममा सार्वजनिक सडक !

झापा ।  झापाका अधिकांश सडक तथा बाटोहरु व्याक्तिको नाममा दर्ता गरिएको पाइएको छ ।

नापी कार्यालय र मालपोत कार्यालयको कमजोरीका कारण झापाका अधिकांश सडक तथा बाटोहरु व्याक्तिका नाममा दर्ता भएको पाइएको हो ।
सार्वजनिक जमिन पैनी ,बाटो सडक सरकारको नाममा नहुँदा जग्गा दलाल, मालपोत तथा नापी कार्यालयका कर्मचारीलाई आर्थिक चलखेल गर्न समेत सहज देखिएको छ ।

सम्बन्धित निकायको कमजोरीका कारण केही निजी जमिनमा नापी कार्यलयले सडक देखाइ दिएको छ भने भएका पक्की सडकलाई समेत नापीले व्याक्तिको नाममा दर्ता गरिदिएको पाइएको हो ।

सरकारले भएका सडकका अध्यावधिक गर्न नसकेको कारणले पनि सहरका धेरै सडकहरु व्यक्तिको नाममा देखिएको मालपोत कार्यालय भद्रपुरका प्रमुख रोशन घिमिरेले बताए ।

उनका अनुसार बिर्तामोेड भएका धेरै कालोपत्रे सडकसमेत व्याक्तिको नाममा देखिएको छ ।

नापी विभागले २१ सालमा नापनक्सा गरिदिए पनि त्यसपछि धेरै स्थानमा पुर्न नापनक्सा नगरिदिएका कारणले पनि आफूहरुले सार्वजनिक सडकलाई अध्यावधिक गर्न नसकिएको र अब स्थानीय निकायसँग सहकार्य गर्दै भएका सार्वजनिक सडकलाइ पुनः नापी गरी सरकारको नाममा लैजाने योजना रहेको प्रमुख घिमिरेले बताए ।

बिर्तामोडको बाणिज्य संघ जाने कालोपत्रे सडक, भद्रपुररोडका शान्ति मार्ग, केही सार्वजनिक पैनी लगायत २१ सालमा नापीले सार्वजनिक कायम गरेको सडक पैनी समेत व्यक्तिको नाममा दर्ता भएको पाइएको हो ।

बिर्तामोड १ का स्थानीयबासी झरेन्द्र उप्रेतीले आफूहरुको २०३० साल देखिको सार्वजनिक सरकारी बाटोलाई समेत ढकालको नाममा दर्ता गरिदिएकोले आफूहरुले साझेदारीमा कालोपत्रे गरिएपनि हालसम्म बाटो बिनाको बस्तीमा परिरणत भएर सेवाग्राही ठगिने गरेको बताए ।
यो क्षेत्रका सेवाग्राही घर, जग्गा तथा जमिन पास गर्न गयो भने मालपोत कार्यलयले कालोपत्रे सडकको लाखौँ कर लाग्ने बताउछँन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )