शिक्षा बहुउद्देश्यीय सहकारीको १० औं बार्षिक साधारणसभा

शिक्षा बहुउद्देश्यीय सहकारीको १० औं बार्षिक साधारणसभा

बिर्तामोड । शिक्षा बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड–४ झापाको१० औं बार्षिक साधारणसभाको माइन्यूट प्रमाणिकरण साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षता तथा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष हेमराज मिश्रले स्वागत गरेका थिए ।
कार्यक्रममा बिर्तामोड नगर सहकारी अधिकृत डिल्ली दाहाल, राष्ट्रिय सहकारी बैंकका शाखा प्रवन्धक बिबेक डाँगी, नगर सहकारी समन्वय समितिका सचिव ताराप्रसाद चापागाईं, नयाँ उज्यालो साकोसकी अध्यक्ष सुस्मा भण्डारी पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका शेयर सदस्य चार हजार छ सय १३ जना, शेयरपुँजी तीन करोड ५१ लाख १९ हजार दुई सय , बचत १६ करोड ६९ लाख ५१ हजार तीन सय ९३ रुपैयाँ २७ पैसा, ऋण लगानी १९ करोड ४२ लाख २१ हजार सात सय ३० रुपैयाँ १६ पैसा, नाफा ३० लाख १८ हजार आठ सय ४२ रुपैयाँ ७७ पैसा गरेको छ । संस्थाले दुई सय १८ जना वालवचतकर्तालाई केक, सदस्यहरुलाई स्वास्थ्य उपचार अन्तरगत २ लाख रुपैयाँसम्म सहयोग , शिशु सहायता कार्यक्रम अन्तरगत सुत्केरी सदस्यहरुलाई १५ हजार, सर्पले डस्दा ५ हजार, सदस्यहरुलाई निःशुल्क रगत प्रदानलगायतका सेवा दिदै आएको अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।सामाजिक उत्तरदायित्व अन्तरगत विपन्न समुदायका सामुदायिक बिद्यालयका ५ जना बिद्यार्थीलाई कक्षा ६ देखि १० सम्म दायित्व लिने योजना बनाएको संस्थाको ब्यवस्थापनमा शिक्षा शिकोप निकेतन बिद्यालय समेत सञ्चालनमा रहेको छ ।
कार्यक्रममा संस्थाले दुहागढी सेवाकेन्द्रका डिल्लीमाया बस्नेत, सुदिप पाँचकोटी, सुभद्रा राजवंशी, युवराज न्यौपाने, शनिश्चरे सेवाकेन्द्रका गंगाबहादुर भट्टराई, प्रनिश काफले, बिमला तामाङ, जीवन खनाल, धुलाबारी सेवाकेन्द्रका सरस्वती दाहाल, यूनेश कार्की, मीना दनुवार र कृष्णप्रसाद कोइराला ,चैतुबारी सेवा केन्द्रका पुरनसिंह भुजेल, रुक्मा आचार्य, सोनम लिम्बू, दुर्गापुर सेवाकेन्द्रका मञ्जुदेवी गामी, दीक्षा शिवाकोटी, रुक्मिणा न्यौपाने ,सरोज गिरी, गायत्रीनाथ गिरी र बिर्तामोड सेवाकेन्द्रका राजा खाँ पठान, रामप्रसाद मिश्र, रोशन ढकाल, संगीता रसाइली, जीवन लुईटेल, गीतादेवी तामाङ, महेश पाण्डेलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।

त्यसैगरी संस्थाले उत्कृष्ट कर्मचारीका रुपमा दुर्गापुर सेवाकेन्द्रका बजार प्रतिनिधि डिल्ली दाहाल र दुवागढी सेवाकेन्द्रका प्रेमप्रसाद मिश्र र उत्कृष्ट प्रवद्र्धक बिर्तामोडका खड्गप्रसाद अधिकारीलाई सम्मान तथा पुरस्कृत गरेको थियो भने एसर्इर्इमा उत्कृष्ट कुशल मिश्र अर्जुनधारा, इशा पोखरेल बिर्तामोड, लिजा घिमिरे बिर्तामोड र दिक्षा रानामगर मेचीनगर र एसर्इर्इमा उत्कृष्ट नतिजा ल्याउने संस्थाका कर्मचारीका छोराछोरी सविन न्यौपाने, रोशन सिलवाल र बिशेक बराललाई सम्मान तथा पुरस्कृत गरेको थियो । कार्यक्रममा लेखा समिति संयोजक युवराज निरौलाले लेखा समितिको प्रतिवेदन र ऋण उपसमितिका संयोजक हेमराज मिश्रले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव सूर्यकुमार खतिवडाले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )