कार्यालय सहयोगीको भरमा सीमा प्रशासन

पाँचथर ।  भारतको सिक्किम र दार्जि्लिङसँग सीमा जोडिएको पाँचथरको याङवरक गाउँपालिका च्याङथापूमा रहेको सीमा प्रशासन कार्यालय वर्षौंदेखि कार्यालय सहयोगीले संचालन गर्दै आएका छन् ।

सरकारले २०३२ सालदेखि सीमा प्रशासन कार्यालय संचालनमा ल्याए पनि २०५८ सालदेखि दश वर्षे सशस्त्र द्वन्द्वको समयमा विस्थापित बनेका कर्मचारी अझै फर्केर आएका छैनन् ।

एकजना शाखा अधिकृतसहित सातजनाको दरबन्दी रहेको सीमा प्रशासन कार्यालयमा अहिले एकजना कार्यालय सहयोगी मात्र छन् । च्याङथापू बजारमा रहेको कार्यालय परिसरमा कार्यालय सहयोगीले बिहान, बेलुका राष्ट्रिय झण्डा फहराउन झिक्ने, कार्यालय खोल्ने र बन्द गर्ने काम गर्दै आएका छन् ।

आफ्नै आँगनमा भएको सरकारी कार्यालयबाट सेवा सुविधा पाउन नसक्दा च्याङथापू, फलैंचा र फालोटबासी दुःखी छन् । सेवा सुरु गर्न स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाजले पटक पटक पहल गर्दा समेत कार्यालयबाट सेवाप्रवाह हुन सकेको छैन ।

२०५८ सालदेखि कर्मचारीबिहीन बनेको सीमा प्रशासन कार्यालयबाट शान्ति प्रक्रियापछि केही महिना नागरिकता वितरण समेत गरिएको थियो ।

ती कर्मचारीको अन्यत्र सरुवा भएपछि सहयोगीको भरमा संचालन हुँदैआएको हो । च्याङथापुको सीमा प्रशासन कार्यालयबाट नागरिकता प्रमाण–पत्र वितरण, निकासी पैठारी हुने सामग्रीको चेकजाँच र राजश्व अशुली कार्य हुने गरेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )