अदुवाको परिकारबाट यति राम्रो आम्दानी

इलाम ।  लगानी अनुसारको मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुइँदै गएको बेला अदुवा प्रशोधन गरेर यहाँकी एक महिलाले लाखौँ आम्दानी लिइरहेकीे छिन् ।

इलाम नगरपालिका–७ की उषा निरौलाले अदुवाको विभिन्न परिकार बनाई त्यसको बिक्रीबाट लाखौँ आम्दानी गरेकी छिन् ।

उनले अदुवा प्रशोधनबाटै आफ्नो परिवार मात्रै पालेकी छैन, नगरपालिकाभित्रै जग्गा किनेर सामान्य घर जोड्नुका साथै छोरीलाई काठमाडौँ राखेर पढाउँदै छिन् ।

विसं २०६८ बाट सामान्य तालीम लिएर अदुवा प्रशोधन थालेकी उषाले अदुवाबाट क्यान्डी, तितौरा, मिक्चर, सर्वत, सुठो र अचार बनाउने गरछिन् ।

अदुवाबाट विभिन्न परिकार बनाएर जीवन चलाउँदै आएकी उनले प्रशोधन केन्द्रमै मात्रै मासिक पाँच क्विन्टल अदुवा खपत हुने गरेको बताउ छिन् ।

‘अहिले प्रशोधन केन्द्रमा पाँच क्विन्टल अदुवा खपत हुन्छ, यो सबै अदुवा अग्र्र्यािनक मात्रै ल्याउने गरेकी छ,’ उषाले भनिन् ।

उनले वार्षिक ४५ लाख मूल्य बराबरका अदुवाको परिकार बिक्री गरी त्यसबाट करिब १८ लाख नाफा कमाउ छिन् ।

‘व्यवसायिक रूपले खेती गर्ने ठूला किसानले रासायनिक विषादीको प्रयोग गर्छन्’ उनी भन्छिन्– ‘त्यही भएर साना किसानबाट मात्रै अदुवा किन्छु ।’ विभिन्न समस्याले गर्दा शुरुवाती समयमा अनावश्यक झण्झट खेपेकी उनले यसको व्यवसाय बढेसँगै आम्दानी मात्र नभई प्रशंसा पनि बटुल्ने गरेको सुनाउँछिन् ।

‘जति बेला मैलै यो उद्यम शुरु गरेँ, त्यति बेला त छिमेकीबाट पनि सहयोग पाइन, राम्रो बजारीकरण पनि नभएको बेला भएकाले अन्य मानिसलाई पनि यसका बारेमा बुझाउन समस्या प¥यो,’ उषा भन्छिन्–‘अहिले पनि बजार मूल्य त राम्रो पाएको छैन तर बनाइसकेका परिकार खेर चाँहि फाल्नु पर्दैन ।’

यस्ता वस्तुको माग स्वदेशमा भन्दा पनि विदेशमा बढी हुने गरेको अनुभव उनको छ । ‘यहाँ त अहिले पनि अदुवाको सर्वतभन्दा मानिसले बुझ्दैनन् तर बाह्य पर्यटकका लागि भने यही सर्वत राम्रो छ,’ उषाले भनिन् ।

अदुवाबाट निर्मित परिकार इलाम बजार र फिक्कलबाटै नेपालका विभिन्न शहर तथा विदेशमा समेत निर्यात हुने गरेका छन् ।

यो व्यवसायमा उनले दुई जना महिलालाईसमेत रोजगारी दिएकी छिन् । ‘आफू मार्र्केिटङमा हिँडिरहनुपर्छ, त्यही भएर मान्छे राखेकी छु,’ उनी भन्छिन् ‘उनीहरूलाई कम्पनीकै मूल्यअनुसारको तलब छ ।’

अकबरे, अमलाबाट पनि परिकार बनाउने गरेकी उषाको मुख्य उद्यम भने अदुवाकै परिकार हो । नेपालमा भने यस्ता वस्तुबारेमा जानकारी नभएकाले बजारीकरणमा समस्या हुने गरेको उनी बताउँछिन् ।

‘यहाँका मान्छे बाहिरी अखाद्य पदार्थ भने खान्छन् तर हामीले अग्र्र्यािनक तवरले बनाएका परिकार भने खाँदैनन्’ उनले भनिन् ।

विभिन्न संघ संस्थाबाट राम्रो सहयोग पाएकी उषालाई यो उद्यमका लागि उन्नति परियोजनाले पनि सहयोग गर्ने आश्वसन दिएको छ ।

‘उन्नति परियोजनाले पनि मेसिन खरिदका लागि सहयोग गर्ने भन्ने कुरा चाँहि छ । यदी सहयोग ग¥यो भने अझै व्यवसाय बढाउने तरखरमा छ’ उनी भन्छिन् ।

‘हामीले खटेर यस्ता व्यवसाय गर्ने हो भने श्रमिकका रूपमा बाहिरी देश जानु पर्दैन र अदुवाजस्ता वस्तुको भाउ आएन भनेर चिन्ता पनि गर्नुपर्दैन’ उनी बताउँछिन् ।

जिल्लामा वार्षिक ४५ हजार मेट्रिक टन अदुवा उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अदुवाको मूल्य वृद्धि नहुँदा कच्चा रूपमा नै भारत निकासी भइरहेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )