यसकारण झापा आउँदैछन् दिनबन्धु पोखरेल

झापा ।  श्रीमद् भागवतका प्रख्यात कथा वाचक पण्डित दिनबन्धु पोखरेल झापा आउने भएका छन ।

फागुन २३ गतेदेखि २९ गतेसम्म झापाको झिलझिलेमा आयोजना हुने महापुराणमा प्रमुख कथा वाचकका रुपमा पोखरेल आउने निधो भएको उनका स्वकीय सचिव पण्डित धु्रवशरण वत्स्यालले बताए ।

गणेशमान सिंह अध्ययन् प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालय झापाको आयोजनामा झिलझिलेमा पुराण हुने भएको हो ।

प्रतिष्ठानको स्वामित्वमा रहेको १० बिघा क्षेत्रमा प्राविधिक शिक्षालयको भवन निर्माण सहयोगार्थ पुराण आयोजना हुन लागेको आयोजक संस्थाले जनाएको छ ।

सय सैय्याको अस्पताल, प्राविधिक शिक्षालय, अन्तर्राष्ट्रिय स्तरको रंगशाला र २ हजार क्षमताको सभाहल निर्माणको गुरुयोजनाका लागि पुराण आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष सन्तोषकुमार मेन्याङबोेले बताए ।

पुराणका लागि प्रतिष्ठानका अध्यक्ष मेन्याङवोेको अध्यक्षतामा ५ हजार १ सदस्यीय पुराण आयोजक मूल समारोह समिति गठन भएको छ ।
यस्तै सन्तकुमार फेवादेनको संयोजकत्वमा २१ सदस्यीय पुराण प्रचारप्रसार समिति गठन भएको छ ।

यस्तै गणेश प्रधानको संयोजकत्वमा आर्थिक उपसमिति गठन भएको छ भने विष्णु सुब्बाको संयोजकत्वमा वैदेशिक सम्पर्क उपसमिति गठन भएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )