धनकुटामा आन्दोलनकारी र प्रहरीबीच झडप

धनकुटा ।  प्रदेश नम्बर १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित आन्दोलनरत् धनकुटावासी र प्रहरीबीच झडप भएको छ । झडपमा ३ जना घाइते भएका छन् ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरेको छ । झडपमा ३ जना घाइते भएका छन् ।

यसअघि आन्दोलनकारीले बिहीबार बिहान १० बजे प्रशासन कार्यालयमा आगजनी गरेका थिए । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार आगजनीबाट कार्यालयको दुई थान कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएको छ ।

आन्दोलनकारीले जिल्ला डिभिजन कार्यालय, वारूण यन्त्र लगायतमा समेत तोडफोड गरेको जनाइएको छ ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले आन्दोलनकारीले सरकारी कार्यालय तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको बताए । उनको अनुसार अहिले स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (3 )