झापामा घरेलु उद्योग थपिँदै

झापा । घरेलु तथा साना उद्योग कार्यालय झापाले चालू आर्थिक वर्षको चार महिनामा उद्योग दर्ता एवम् नवीकरणबाट एक करोड २० लाख राजस्व संकलन गरेको जनाएको छ ।

कार्यालयले उत्पादन, सेवा, कृषि तथा वन्यजन्तु र पर्यटन किसिमका उद्योग दर्ताबाट २५ लाख ३३ हजार ५ सय आय गरेको छ भने वाणिज्य प्रशासनमार्फत् ९४ लाख ६६ हजार ५सय राजश्व संकलन गरेको जनाएको हो ।

प्रथम चौमासिकको चार महिनाको अवधिमा ३ सय २५ नयांँ उद्योग दर्ता भई नयाँं र पुराना गरी झापामा आठ हजार ८१ उद्योग दर्ता भई सञ्चालनमा रहेको कार्यालयको विवरणमा देखिन्छ ।

यस अवधिमा झापामा तीनवटा उद्योग खारेजीमा परेको र सातवटा उद्योग कारबाहीमा परेका छन् भने उत्पादन तर्फका ९९, सेवा र निर्माण तर्फका १ सय ३२, कृषि तथा वन्य जन्तुका ९१ वटा र पर्यटनका तीन वटा उद्योग नयाँ दर्ता भएका छन् ।

यसैगरी, वाणिज्य प्रशासन तर्फका नयांँ ५ सय २८, पुराना नौ हजार एक उद्योगहरु दर्तामा रहेका छन् । वाणिज्यकोे कामसमेत गर्दै आएको सो कार्यालयले चालू आर्थिक वर्षको चौमासिक अवधिमा ९२ वटा बजार अनुगमनको कार्य गरेको उद्योग अधिकृत चन्द्र मिश्रले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )