झापामा बनाइयो एउटा नयाँ सिमसार

झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ९ मा रहेको खुट्टीडाँगी सामुदायिक वनमा निर्माण गरिएको सिमसार क्षेत्रमा यही माघ ८ गतेदेखि बोटिङ सञ्चालनमा ल्याइने भएको छ ।

वनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर स्थानीय उपभोक्ताको जीवनस्तर उकास्ने उद्देश्यका साथ निर्माण गरिएको सिमसार क्षेत्रलाई पिकनिक स्पोटको रुपमा समेत स्थापित गरिने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

बोटिङको उद्घाटनसँगै सोही दिन पिकनिक स्पोटको समेत उद्घाटन गरिने समूहका अध्यक्ष टंक नेपालले जानकारी दिए । सो वनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यअनुरुप दुईवर्ष अघिदेखि सिमसार क्षेत्र तथा पिकनिक स्पोट बनाउन सुरु गरिएको थियो ।

सिमसार क्षेत्र तथा पिकनिक स्पोटको अग्रज शिक्षक जयनारायण गौतमले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सो वन २३ कट्ठा जग्गामा फैलिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )