ताप्लेजुङमा आगलागी दुई घर जलेर नष्ट

ताप्लेजुङ ।  सदरमुकाम फुङलिङमा मंगलबार आगालागी हुँदा दुई घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।

आगलागीबाट फुङलिङ नगरपालिका–५ का डिकबहादुर खवास र सोही ठाउँका दीलबहादुर खवासको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

अपराह्न ४ बजे अचानक डिकबहादुरको घरबाट आगलागी शुरु भएको थियो । करिब ४५ मिनेटको समयमा वारुणयन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका साथै स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो । आगलागीका कारण खुल्न सकेको छैन् भने क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
–––

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )