जेष्ठ नागरिक सचेतना तथा स्वास्थ्य सम्बन्धी कार्यक्रम

चारपाने । सहारा नेपाल साकोसको आयोजनामा जेष्ठ नागरिक सचेतना तथा स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

जेष्ठ नागरिकहरुलाई आइपर्ने समस्या र कठिनाई, पारिवारिक अबस्था, उमेरका आउने अन्तरका कारण पर्न सक्ने पारिबारिक झमेला जस्ता कुरामा अपनाउनु पर्ने सचेतनतार स्वास्थ्यबारे जागरुक गराउने उद्देश्यले जेष्ठ नागरिक सचेतना तथा स्वास्थ्य सम्बन्धी कार्यक्रमको आयोजना गरिएको सहारा नेपाल साकोसका स्वास्थ्य उप समितिका संयोजक दिलिप शर्माले जानकारी दिनुभयो ।

२ दिनसम्म चारपानेमा संचालित सचेतनामूलक अभिमुखिकरण कार्यशालालाई प्रशिक्षकहरु प्रकाश पोखरेल र सूर्य निरौलाले प्रशिक्षण प्रदान गर्नुभएको संस्थाका संचालक समिति सदस्य भीमबहादुर गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )