वाणिज्य संघ बिर्तामोडको साधारणसभा

बिर्तामोड ।  बिर्तामोड उद्योग वाणिज्य संघको दोस्रो बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटीको प्रमुख र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाको विशेष आतिथ्यतामा साधारणसभा भएको थियो ।

साधारणसभाले बिर्तामोडको आर्थिक सामाजिक विकासका लागि योजनावद्ध ढङ्गले लाग्ने लगायतका महत्वपूर्ण प्रस्ताव पारित गरेको छ ।

साधारणसभामा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै सङ्घका अध्यक्ष कुमार भट्टराईले व्यवसायिक हितका साथै सामाजिक उत्तरदायित्वका काम पनि एकैसाथ अगाडि बढाइने बताए ।

सङ्घका उपाध्यक्ष प्रकाश सिवाकोटीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव प्रशान्त भण्डारीले गरेका थिए । सो अवसरमा पत्रकार सुशिला सङ्ग्रौलालाई नगद पाँच हजारसहित पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )