यस्तो रह्यो एक्सपर्टको अभिमुखीकरण

बिर्तामोड ।  एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस बिर्तामोड शाखाको आयोजनामा सोमबार बिर्तामोडमा एकदिने शैक्षिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

पछिल्लो समयमा अध्ययनका लागि विद्यार्थीको रोजाइ अष्ट्रेलिया रहेको र त्यसका बारेमा इच्छुकलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एक्सपर्टका बिर्तामोड शाखा प्रमुख कृष्ण खतिवडाले बताए ।

कार्यक्रममा बिर्तामोड लगायत क्षेत्रका तथा कलेजका गरी ७० जना विद्यार्थीको सहभागिता थियो ।

कार्यक्रमको अभिमुखीकरण एक्सपर्टका निर्देशक खेम संग्रौला र प्रमुख कार्यकारी निर्देशक सञ्जीव शर्माले गरेका थिए ।

उनीहरुले अष्ट्रेलियामा शैक्षिक व्यवस्थापनमा उतारचडाव नरहेको बताए । एक्सपर्टले अष्ट्रेलियाका लागि काम गर्दै आएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )