पक्राउ परे वन पैदावर मुद्दाका फरार
बिर्तामोड । झापा प्रहरीले वन मुद्दाका फरार एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा जिल्ला अदालतबाट वन पैदावर ओसारपसार मुद्दामा १ लाख ७ हजार २ सय ९६ रुपैयाँ जरिवानसहित १ महिना कैद सजाय तोकिएका इलाम चुलाचुली गाउँपालिका–२ बस्ने ३३ वर्षीय हर्कबहादुर लिम्बू छन् ।
उनलाई प्रहरीले उनको घरबाटै सोमबार पक्राउ गरेको हो । पक्राउ परेका लिम्बूलाई अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS Affiliate