मोरङको दुई स्थानमा आगलागी

मोरङ । मोरङको दुई स्थानमा गएराती आगलागी भएको छ ।

राती करिब ९ बजेतिर विराटनगर महानगरपालिका ४ राजवंशी चौकस्थित कालुराम राजवंशीको काठको घुम्ती पसलमा विद्युत सर्ट हुँदा अचानक आगलागी भएको हो ।

आगलागीबाट राजवंशीको किराना पसलका सम्पूर्ण सामानहरु जलेर नष्ट हुँदा अन्दाजी एक लाख बराबरको क्षति भएको छ ।

आगलागी स्थानीयवासी र सिआरभी पोष्ट बरगाछीका टोलीको सहयोगमा नियन्त्रणमा आएको छ ।

यसैगरी जहदा गाउँपालिका ४ राजवंशी टोलस्थित हेमु राजवंशी, नादिर राजवंशीको घर नजिकै रहेको परालको कुन्यु र दाउरा राख्ने घरमा आगलागी हुँदा दुबै जनाको अन्दाजी पचास हजार बराबरको क्षति भएको छ ।

राती करिब ११ बजेतिर आगलागीको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रंगेलीबाट टोली खटि गई वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रण गरेका हुन् ।

आगलागीको कारणबारे खुल्न नसकेकोले अनुसन्धान कार्य भैरहेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )