७२ वर्षीया बृद्धाले यसरी पाइन् नागरिकता

झापा ।  दमकस्थित एक बृद्धाश्रममा रहेकी ७२ वर्षीया बृद्धालाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ ।

लायन्स क्लब अफ दमक माउण्ट एभरेष्ट र सवाल नेपाल अनलाइनको पहल तथा दमक नगरपालिकाको सक्रियतामा बृद्धा सुकमाया तामाङलाई नागरिकता प्रदान गरिएको हो ।

केही महिनाअघि राहत सामाग्री लिएर दमक–४ स्थित रत्नबृद्धाश्रममा आफूहरु पुग्दा सुकमाया नागरिकता नरहेको भन्दै रोएको लायन्स क्लब अफ माउण्ट एभरेष्टका अध्यक्ष रुद्र गौतमले बताए ।

नागरिकता नहुँदा आफूले पाउने सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै बृद्धा भक्कानिएपछि नागरिकता दिलाउनका लागि पहल सुरु भएको थियो ।

अध्यक्ष गौतम र नगरपालिकाका इन्जिनियरसमेत रहेका लायन्सकर्मी तीर्थनारायण श्रेष्ठले नागरिकता दिलाउन पहल गर्ने आश्वसन दिएका थिए ।
लायन्स क्लब र सवाल नेपालले दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत युवराज दाहाल लगायतलाई जानकारी गराएपछि नगरपालिकाले नागरिकता दिलाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

उपप्रमुख अधिकारीले तत्कालै आवश्यक कागजपत्र जुटाउन नगरपालिकाको सम्बन्धित फाँटमा निर्देशन दिएकी थिइन् ।

मेयर ओलीले नागरिकता दिलाएर सामाजिक सुरक्षा भत्ता बृद्धाश्रममै पु¥याउने प्रतिबद्धता जनाएका थिए ।

आइतबार नगरपालिका उपप्रमुख अधिकारी, लायन्सकर्मीहरुको रोहवर र सनाखतमा बसेर तामाङलाइ नागरिकता दिलाइएका हुन् ।

जनप्रतिनिधि मिना विश्वकर्मा, लायन्सकर्मीहरु मनोज अग्रवाल, बुद्धिशेखर भट्टराई, नगरपालिकाका कर्मचारी दलबहादुर खत्री, बृद्धाश्रममा रेखदेख गर्दै आएकी रिता सुनुवार लगायत इलाका प्रशासन कार्यालय गएर आफूहरु रोहवरमा बस्न तयार रहेको बताए थिए ।

इलाका प्रशासन कार्यालय दमकका प्रमुख भोजराज श्रेष्ठले यस्ता नागरिकलाइ नागरिकता दिन अत्यन्न असहज र अप्ठेरो रहेको बताएका थिए ।

उनले कानूनमा यस्तो बिषयमा केही व्यवस्था नरहेको बताउँदै स्थानीय सरकारले आवश्यक कागजपत्र बनाउन सहयोग गरेर र जनप्रतिनिधि तथा समाजका लब्धप्रतिष्ठित ब्यक्तिहरु आएर एक बेसहारा नागरिकको पक्षमा उभिएको भन्दै सबैप्रति आभार प्रकट गरे ।

नगरपालिका उपमेयर अधिकारीले एक बृद्धाले नागरिकता लिँदा हर्षका आँशु झार्दा आफू पनि गम्भीर भएको बताइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )