झापाकी पत्रकार पकुवाललाई यसरी जुट्दैछ सहयोग

युएई । दुवै मृगौला फेल भइ उपचाररत नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य माया पकुवालको उपचारमा सहयोगार्थ समाजको वनभोजबाट पनि केही रकम जुटेको छ ।

पत्रकार राम परियार, जगत लुइँटेल र शेषराज न्यौपानेको पहलमा वनभोजमा चलाइएको सहयोग अभियानबाट १ हजार ८८ दिराम संकलन भएको जगत लुइँटेलले बताए ।

पकुवाल दुवै मृगौला खराब भएर भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा नियमित उपचारमा छिन् ।

झापाली समाज युएई र क्षेत्रीय समिति अबुधाबीको आयोजनामा अबुधाबीको खालिफा पार्कमा संस्थामा आवद्ध सदस्य र अन्य नेपाली समुदायलाई सहभागी गराइ उनीहरुका बीचमा एकता, मिलन र सहकार्य बढाउने उद्देश्यले वनभोज कार्यक्रमको आयोजना गरिएको झापाली समाज क्षेत्रीय समिति अबुधाबीका अध्यक्ष हिमाल अधिकारीले बताएका छन् ।

यसैबीच, पत्रकार पकुवालको उपचारमा सहयोगार्थ नेपाल पत्रकार महासंघ युएई शाखा र झापाली पत्रकार युएईको समुहले संयुक्त रुपमा अभियान चलाइरहेका छन् । हालसम्म पेशागत रुपमा महासंघमा आवद्ध पत्रकार, प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी युएई र केही स्वतन्त्र पत्रकारबाट सहयोग जुटेको छ ।

साथै यहाँ रहेका जिल्लागत सामाजिक संघसस्था, राजनीतिकदल र केही समाजसेवीबाट समेत सहयोगको प्रतिवद्धता आएको माया पकुवाल सहयोग समितिका संयोजक पत्रकार दिनेश आचार्यले बताए ।

प्रतिवद्धता जनाइएको रकम यही साताभित्रमा संकल्न गर्नेगरी सहकार्य भइरहेको छ । ‘हामीले प्रतिबद्धता जनाउने संस्थाहरुलाई यर्थासक्य छिटो उपलब्ध गराउन भनेका छौँ,’ जनसम्पर्कको जिम्मेवारीमा रहेका पत्रकार रामप्रसाद ढुंगेलले भने ।

सबै रकम संकल्न भएपछि सहयागीको नाम सहित सार्वजनिक गरिने सहयोग समितिले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )