पाँचथरको फिदिम बजारमा आगलागी

पाँचथर । फिदिम बजारमा शुक्रबार आगलागी भएको छ ।

बजारको बुद्ध मार्गस्थित सूर्य निरौलाको घरमा विद्युत् सर्ट भई आगलागी भएको हो ।

पक्की घरको छतमा जस्तापाले बारेर बनाएको छाप्रोबाट आगलागी सुरु भएको थियो ।

बाक्लो बजारबीच घरबाटै आगलागी सुरु भएपछि बजारभरिका मान्छे आत्तिएका थिए ।

स्थानीय बासिन्दा, जनपथ प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगो नियन्त्र गरेको छ ।

दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

आगलागीबाट निरौलाको १० लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

समयमै आगो नियन्त्रणमा लिएकाले फिदिम बजार ठूलो आगलागीबाट बचेको प्रहरीले भनाइ छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )