बिर्तामोडमा खुल्यो यूजिन मल्टिपर्पोज

बिर्तामोड ।  विदेश गएर उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुका लागि बिर्तामोडमा दिन प्रतिदिन नयाँ नयाँ परामर्श केन्द्रहरु खुल्न थालेका छन् ।

पूर्व क्षेत्रका अभिभावक र विद्यार्थीको चाहनालाई सम्बोधन गर्दै बुधबार बिर्तामोडमा यूजिन मल्टिपर्पोज कन्सल्टेन्सीको शुभारम्भ गरिएको छ । मंगलबार शनिश्चरेरोडमा एजुकेशन एण्ड माइग्रेसन कर्नर खुलेको थियो ।

काठमाडौँको सोह्रखुट्टेमा मुख्य कार्यालय रहेको यूजिन मल्टिपर्पोज कन्सल्टेन्सीको शाखा स्थापना गरी बुधबारदेखि बिर्तामोडमा सेवा आरम्भ गरिएको संस्थाका प्रबन्ध निर्देशक कृष्ण खतिवडाले जानकारी दिए ।

मुख्यगरी जापान र अस्ट्रेलियामा अध्ययनार्थ विद्यार्थी पठाउने यूजिन मल्टिपर्पोजको कार्यक्रम छ । ती मुलुकहरु बाहेक पोल्याण्ड, डेनमार्क, स्वीजरल्याण्ड लगायतका देशमा जान चाहने विद्यार्थीलाई पनि सेवा प्रवाह गरिँदै आएको कन्सल्टेन्सीका प्रबन्ध निर्देशक खतिवडा बताउँछन् ।

नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर यूजिनले जापानी भाषाको कक्षा पनि सञ्चालन गर्दै आएको जनाइएको छ । बिर्तामोडको चिया तथा कफी विकास बोर्ड नजिकै कार्यालय स्थापना गरेको यूजिनबाट आइईएलटिएस, टोफलजस्ता अंग्रेजी भाषा क्षमता निर्धारक तालिम पनि गराइँदै आएको जनाइएको छ ।

सन् २०१४ मा स्थापना भएको यूजिनबाट अहिलेसम्म ५० जनाभन्दा बढी विद्यार्थी अध्ययनार्थ जापान गएको खतिवडाले जानकारी दिए ।

उनले भने, ‘अध्ययनका लागि जाने विद्यार्थीलाई पार्टटाइम जबको ग्यारेन्टी गरेर पठाइने गरिएको छ, यसबाट अभिभावक र विद्यार्थी दुवै लाभान्वित भइरहेका छन् ।’

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )