संयुक्त जनकल्याण सहकारीको नाफा ५३ हजार

बिर्तामोड । थोरै थोरै पूँजी संकलन गरी भद्रपुर ३ को आँपगाछीमा सञ्चालित संयुक्त जनकल्याण कृषि सहकारी संस्थाले आर्थिक वर्ष ०७३/०७४ मा ५२ हजार रुपैयाँभन्दा बढी नाफा कमाउन सफल भएको छ ।

शनिबार भद्रपुर–४ लक्ष्मीनगरस्थित सामुदायिक भवनमा आयोजित संस्थाको चौथो वार्षिक साधारणसभामा अध्यक्ष दिलकुमारी राईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्था ५२ हजार ४ सय ८६ रुपैयाँ नाफा कमाउन सफल भएको बताइन् ।

उनकै अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका थिए । सं

स्थाका व्यवस्थापक राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको साधारणसभामा अध्यक्ष राईद्वारा प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७३/०७४ को अन्तयसम्ममा संस्थाको शेयर पूँजी ७ लाख ३५ हजार सातसय रुपैयाँ पुगेको छ भने विभिन्न १२ वटा समूहमा ४ सय १८ सदस्य आवद्ध भइसकेका छन् ।

त्यसमा महिलाको संख्या २७५ छ भने पुरुष १४३ रहेका छन् । संस्थाले हालसम्म ३५ लाख ८८ हजार ६ सय ७२ रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ सय ११ जना सदस्य माझ ५३ लाख ५४ हजार ९ सय २५ रुपैयाँ ऋण लगानी गरेको छ ।

बीउबीजन उत्पादन तथा बचत–ऋणको कारोबार गर्ने उद्देश्यले ०६९ मा स्थापित सो सहकारी संस्थाले सदस्यहरु माझ कृषिसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको सचिव तथा व्यवस्थापक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

०६२ सालमा तत्कालीन जिल्ला विकास समितिको स्थानीय विकास कोषअन्तर्गत समूहहरु गठन भई सञ्चालित बचत कार्यक्रम नै सहकारी संस्थामा रुपान्तरण भएको हो ।

५० जना सदस्य मिलेर २५ हजार शेयर पूँजी संकलन गरी सहकारी सञ्चालन गरिएको श्रेष्ठले जानकारी दिए ।

साधारणसभामा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि श्रेष्ठले कृषिबाटै खाद्यन्नमा आत्मनिर्भर बन्न सकिने समृद्धि हासिल गर्न सकिने बताउँदै त्यसको उपयुक्त माध्यम सहकारी संस्था बन्न सक्ने बताए ।

उनले सो संस्थामा आबद्ध सबै सदस्यलाई कम्तिमा कृषि वस्तुमा आत्मनिर्भर बन्नसक्ने गरी काम गर्न आग्रह गरे ।

नगर प्रमुख श्रेष्ठले सहकारी तथा समूहमार्फत माग गर्ने कृषकलाई नगरपालिकाले विभिन्न किसिमका कृषि उपकरण तथा औजारहरु निःशुल्क एवम् तथा अनुदानमा उपलब्ध गराउँदै आएकोले लाभ लिन सो सहकारीका सदस्यहरुलाई आग्रह गरे ।

कार्यक्रममा भद्रपुर वडा नम्बर ३ की अध्यक्ष कमला थुलुङ, वडा नम्बर ४ का अध्यक्ष हंशधर राजवंशी, भद्रपुर कृषि सहकारी संस्थाका अध्यक्ष मदनबहादुर बस्नेतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )