१० वर्षमा पनि पूरा भएन इमान सिं रंगशालाको निर्माण कार्य

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–१० खलङगाटारमा निर्मानधिन ईमानसिं रंगशाला निर्माण सुरु भएको दश वर्षसम्ममा पनि पूरा हुन सकेको छैन् ।

२०६४ सालबाट निर्माण सुरु भएको जिल्लाको एकमात्र ‘एलेभेन’ साइजको खेलमैदान बजेट अभावलगायतका विविध कारणले निर्माण कार्यले अझैसम्म पूर्णता नपाएको हो । सेभेन साइजमा रहेको खेलमैदान स्थानीयको परिकल्पनामा रंगशाला निर्माण थालिएको हो ।

निर्माणको लागि अहिलेसम्म तत्कालिन जिल्ला विकास समिति, गाविस साथै सोही ठाँउबाट खाडी मुलुकमा बिदेशिएका युवाहरु त्यस्तै जिल्ला खेलकुद विकास समिति, उच्च माध्यमिक शिक्षा परिषद, सांसद विकास क्षेत्र कोष, वडापालिकालगायतबाट ४२ लाखभन्दा बढी खर्च भइसकेको छ ।

स्थानीय स्तरमा खेदकुदको विकास गर्ने उदेश्यका साथ निर्माण प्रारम्भ भएको रंगशालाको करिब ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको स्थानीय चोरुलुङ क्लबका अध्यक्ष बीरबहादुर थाम्सुहाङले बताए ।

थाम्सुहाङका अनुसार अहिलेसम्म रंगशालाको लम्बाई, चौडाई र स्टेप कटिङ साथै मञ्च निर्माण कार्य पूरा भएको छ ।

अब लेबल मिलाउने, हरियो दुबो उमार्ने र भौतिक संरचनाको काम बाँकी रहेको छ ।

रंगगशाला निर्माण चाडैँ पूरा गर्न विभिन्न निकायमा सहयोगी हातहरु खोजि गर्ने काम भइरहेको थाम्सुहाङले बताए ।

रंगशालाको लागि निर्माण भएको मञ्चको भने २०७१ सालमै तत्कालिन राष्ट्रिय खेलकुद मन्त्रालयका मुख्य सचिव दिपेन्द्रनाथ शर्माबाट उद्घाटन भइसकेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (2 )