होली मिलन समारोहमा जनप्रतिनिधि सम्मानित

भद्रपुर । यस वर्षको होली पर्वका उल्लास सुरु भइसकेको छ । विभिन्न समुदाय तथा संघ–संस्थाले होलीको अवसर पारेर विशेष समारोह आयोजना गर्दै होली पर्वको शुभकामना आदान–प्रदान गर्न थालेका छन् ।

यस वर्ष होली पर्व पहाडका लागि १७ गते र तराईका लागि १८ गते तोकिएको छ । हरेक वर्ष फागु पूर्णिमामा मनाइने यो पर्वमा आपसमा रङ खेलेर सद्भाव साट्ने गरिन्छ ।

यसै सन्दर्भमा भद्रपुर मारावाडी संघ, भद्रपुर मारवाडी महिला मञ्च र भद्रपुर मारवाडी युवा मञ्चले संयुक्त रुपमा होली मिलन समारोह आयोजना गरी शुभकामना आदान–प्रदान गरेको छ ।

संघकै परिसरमा सोमबार साँझ संघका अध्यक्ष सुबोध कोठारीको अध्यक्षतामा आयोजित समारोहमा संघले समारोहका प्रमुख अतिथि सांसद ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ र भद्रपुर वडा नम्बर ६ का सदस्य अजय साहेवालाई सम्मान गर्नुका साथै मारवाडी समुदायबाट एसइईमा सर्वोत्कृष्ट अंक ल्याउने सिद्धार्थ इङ्लिश हाईस्कूलकी छात्रा तान्वी अग्रवाललाई पुरस्कृत ग¥यो ।

यसैगरी मारवाडी समुदायका जेष्ठ सदस्य मुलचन्द शर्मालाई पनि सम्मा गरिएको थियो भने संघका पूर्व अध्यक्ष तथा हालका सल्लाहकार सत्यनारायण मित्तललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । समाजसेवी दीनबन्धु गोयललाई विशेष सम्मान गरियो । यसैगरी, संघबाट विभिन्न ठाउँमा भएका क्रिकेट प्रतियोगितामा सहभागी जनाउने खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो ।

होलीका गीतमा नृत्यलगायत विविध साँस्कृतिक प्रस्तुतिका साथ आयोजित समारोहमा प्रमुख अतिथि अग्रवाल, विशिष्ट अतिथि भद्रपुर नगर प्रमुख श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव पंकज शर्मा र सदस्य भाष्कर शर्माले संयुक्तरुपमा गरेका थिए ।

सोही समारोहमा भद्रपुर मारवाडी संघ र भद्रपुर आदर्श सेवा समितिबीच एकता भएको घोषणा गरिएको थियो ।

दुई संस्थाबीच एकतासँगै उद्योगी महेश अग्रवालको अध्यक्षतामा १४ सदस्यीय तदर्थ समिति गठन गरी संस्थाको नाम भद्रपुर मारवाडी संघ रहने गरी निर्णय गरिएको कार्यक्रम सञ्चालक भाष्कर शर्माले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )