चक्रपथ निर्माणमा किन विलम्ब ?

मोरङ । विराटनगर बाहिरी चक्रपथ निर्माण योजना दुई दशक बितिसक्दा पनि बजेट अभावमा पूरा हुन सकेको छैन ।

मुआब्जा विवादले पनि चक्रपथ निर्माण अगाडि बढ्न सकेको छैन ।

कुल ४२ किलोमिटर चक्रपथ सडकमा ७ किलोमिटर ट्रयाक पनि खोल्न बाँकी नै छ ।

हालसम्म ३५ किलोमिटरको मात्र ट्रयाक खोलिएको छ । झोराहाट, दरहैया र केसलिया क्षेत्रमा ट्रयाक र पक्की पुल निर्माण हुन सकेको छैन ।

झोराहाटका बासिन्दाले मुआब्जा माग गर्दै अदालतमा मुद्दा दायर गरेका छन् । रानीबाट पश्चिमी क्षेत्रमा पनि मुआब्जा विवाद छ ।

चक्रपथले पूर्णता नपाउँदा ट्रयाक खुलेको क्षेत्र पनि गौचरनमा परिणत भएको छ । स्थानीय बासिन्दाले सडकमा गाईबस्तु चराउने गरेका छन् ।

चक्रपथ निर्माणका लागि दुई सय ११ बिघा जग्गा आवश्यक छ । तर उक्त जग्गा निस्शुल्क प्राप्ती गर्ने नीतिले केही समस्या भएको छ ।

जग्गाधनीहरूलाई सट्टाभर्नामा जग्गा उपलब्ध गराउने नीति लिएको हो ।

चक्रपथले कटहरी, झोराहाट, लखन्तरी, टंकीसिनवारी, हात्तीमुढा, भाथिगछसहित विराटनगर उपमहानगरका विभिन्न वडा जोड्छ । प्रदेश १ को अस्थायी राजधानी भएसँगै विराटनगरमा सवारी साधनको चाप बढेको छ । सुनसरी–मोरङ औद्योगिक कोरिडोरले मालबाहक सवारीको चापले ट्राफिक जाम झेल्दै आएको छ ।

ट्राफिक जामको व्यवस्थापनका लागि र नयाँ बस्ती बसाउने चक्रपथको योजना अगाडि सारिएको हो । चक्रपथ निर्माण समयमा पूरा नहुँदा त्यसको वरिपरि व्यवस्थित बस्ती बसाउने योजना पनि अगाडि बढ्न सकेको छैन ।

शहरी विकास मन्त्रालयले व्यबस्थित बस्ती योजनाका लागि स्विकृतिसमेत दिएको छैन । तर उक्त क्षेत्रमा केही जग्गाहरू प्लटिङ्गसमेत भइसकेको छ ।

बस्ती विकासका लागि १४ करोड बजेट लाग्ने प्रारम्भिक अनुमान छ ।

सडकमा प्रयोग गरिएको जग्गाको मुआब्जा नदिने तर सडक, ढल, नाला, पानी, बिजुली, विद्यालयलगायत संरचना बनाएर बस्ती हस्तान्तरण गर्ने सरकारी योजना रहेको प्रमुख सिंहले बताए ।

सहरी विकास तथा भवन निर्माण डिभिजन विराटनगर प्रमुख श्यामकिशोर सिंहले रानी पश्चिममा तीन वटा घर, पूरानो सलाई उद्योगको पर्खालका कारण सडक स्तरोन्नती रोकिएको बताए ।

सलाई उद्योगले अदालतमा मुद्दा दायर गरेकाले काम अगाडि बढाउन नसकिएको सिंहको भनाइ छ ।

‘अर्बौं बजेट लाग्ने योजनामा सरकारले बर्से्नि थोरै बजेट उपलब्ध गराउँदै आएको छ,’ उनले भने, ‘बजेट विनियोजन र कामको गति यही रहने हो भने चक्रपथ निर्माणमा हुन् बर्षौं लाग्न सक्छ ।’

चक्रपथका लागि २ अर्बजति बजेट लाग्छ तर त्यसअनुसार सरकारले बजेट विनियोजनमा कन्जुस्याइँ गर्दै आएको उनले गुनासो पोखे । उक्त कार्यालयमा आएको बजेट पनि समयमा काम हुन नसकेर बर्से्नि फिर्ता भएर जाने गरेको छ ।

आर्थिक वर्ष २०७० र ७१ मा १४ करोड ५७ लाख ४० हजार रुपैयाँ आएकामध्ये आधा रकम पनि खर्च हुन नसकेको उक्त कार्यालयको तथ्यांकले जनाएको छ । आव ०७१र७२ मा ६ करोड ८७ लाख आएको बजेट काम नहुँदा फित्र्ता गएको थियो ।

आव ०७२ र ७३ मा पनि पाँच करोड ६१ लाख आएको बजेटमध्ये एक करोड २५ लाख फित्र्ता गएको थियो । आव ०७४ र ७५ मा आएको पाँच करोड ६४ लाख बजेटमा हात्तीमुढाबाट पश्चिम दुई किलोमिटर कालोपत्रे गरिएको छ ।

चालु आर्थिक वर्षमा २ करोड ५० लाख मात्रै बजेट आएको प्रमुख सिंहले बताए ।

चालु आवमा कटहरी, भाथिगज र दरहैया क्षेत्रमा सडक स्तरोन्नतिमा बजेट खर्चिन परामर्शदातामार्फत सर्बेको काम भइरहेको उनले सुनाए ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले चक्रपथ सडक निर्माणमा अवरोध हुने गरी अदालतमा मुद्दा दत्र्ता गराएका व्यक्तिसँग छलफल गरेर समस्या समाधानमा लागेको बताए ।

उनले चक्रपथ निर्माण भएपछि धेरै अवसर सिर्जना हुने विषयलाई सबैले ख्याल
गर्नैपर्ने बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )