बिर्तामोडमा रूखबाट लडेर एक व्यक्ति मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका–७ मा शनिबार एक व्यक्तिको रूखबाट लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा वारघरे निवासी ६२ वर्षीय मानबहादुर तामाङ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

घर नजिकै रहेको रूखमा घाँस काट्ने क्रममा लडेको र उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पु¥याएलगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )