दशनामीको क्षेत्र नम्बर १ मा गणेश

बिर्तामोड । नेपाल दशनामी समाज क्षेत्र नम्बर १ को अध्यक्षमा गणेश पुरी सर्वसम्मत चयन भएका छन् ।

मेचीनरमा शनिवार भएको क्षेत्रको तेस्रो अधिवेशनले समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश मानबहादुर भारती, पूर्र्ण गिरी, श्रीप्रसाद गिरी र लेखप्रसाद गिरीलाई चयन गरेको हो ।

त्यस्तै सदस्यमा खड्गमाया गिरी, रणमाया गिरी, अमृत पुरी, रिता गिरी र खेम गिरी चयन भएका छन् ।

मेचीनगर समिति
सोही कार्यक्रमका बिच मेचीनगरको तेस्रो अधिवेशनले मानबहादुर गिरी ‘धु्रव’ को अध्यक्षतामा नयाँ नगर समिति चयन गरेको छ ।

नगर समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश रंगलाल गिरी, केशव गिरी, भक्तबहादुर गिरी, कमला गिरीलाई सर्वसम्मत चयन गरेको छ ।

सदस्यमा सोभा भारती, ज्ञानप्रसाद गिरी, कर्णनाथ गिरी, इन्दिरा भारती, कृष्णमाया गिरी र प्रविन गिरी चयन भएका छन् ।

नगर अध्यक्ष गोविन्द गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका जिल्ला अध्यक्ष चन्द्रप्रसाद गिरीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा समाजका जिल्ला उपाध्यक्ष खिलबहादुर गिरी, सचिव राजनकुमार गिरी, समाजका क्षेत्रिय उपाध्यक्ष डम्वर पुरी लगायतले शुभकामना मन्तब्य रोखेका थिए ।

कार्यक्रमको सञ्चालन राजिव गिरीले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )