भारतको बाटो गरी कुवेत जान लागेका दुई महिलाको उद्धार

झापा । भारतको दिल्लीबाट कुवेत जान लागेकी दुई नेपाली महिलाको भारतीय एसएसबीले उद्धार गरेको छ ।

ती दुई महिलालाई ४१ बटालियन एसएसबी कम्पनीको टोलीले भारतको पानीट्यांकीबाट उद्धार गरेको हो ।

झापाको पूर्वी काकँरभिट्टा नाकाबाट भारत गएका ती महिला पानीट्यांकी पुगी बस चढेर सिलगुढीतर्फ जान लागेका थिए ।

एसएसबीका असिस्टेण्ड कमाण्डर रानीसहितको नेतृत्वको टोलीले ती महिलालाई बसबाट उद्धार गरेको जनाइएको छ । ती महिलाले सिलगुढीको एनजीपीबाट रेल चढेर दिल्ली पुगी कुवेत जान लागेको बताएका थिए ।

उद्धार गरिएका दुई महिलालाई इलाका प्रहरी कार्यालय काकँरडभिट्टालाई जिम्मा लगाएको एसएसबीले जनाएको छ ।

यसैगरी भद्रपुर नाकाबाट तीन महिलालाई भारत लैजाने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

भद्रपुरबाट गलगलिया नाकाबाट भारततर्फ लैजान लागेका भद्रपुर नगरपालिका–१० का ४५ वर्षीय लीला भट्टराई र बुद्धशान्ति गाउँपालिका–३ का ४५ वर्षीय मिङ्मा शेर्पा पक्राउ परेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसंन्धान अघि बढाएको र उद्धार गरिएका महिला परिवारलाई जिम्मा लगाइसकेको उनले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )