विद्यार्थी कुटेका आरोपमा एक शिक्षक पक्राउ

झापा । झापा प्रहरीले विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षकलाई नियन्त्रणमा लिएको छ ।

झापाको मेचीनगर नगरपालिका– ५ स्थित ग्रिन भिजेल अंग्रेजी विद्यालयमा कार्यरत शिक्षक दीपेश निरौलालाई नियन्त्रण लिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार नियन्त्रणमा लिएका शिक्षक निरौलाले कक्षा १ मा अध्ययनरत छात्र दिप्सन राउतलाई कुटपिट गरेको आरोप लागेको छ ।

शिक्षकले बुधबार विद्यालयमै राउतलाई शरीरमा गहिरो नीलडाम हुने गरी कुटपिट गरेर घाइते बनाएको भन्दै राउत परिवारले प्रहरीमा उजुरी गरेपछि शिक्षक निरौलालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

अबोध बालकलाई कुटपिट गरेर घाइते बनाउने शिक्षकलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ भनेर प्रहरीमा उजुरी दिएको उनका हजुरबुबा बिर्खबहादुर राउतले बताए ।

विद्यालयमा विना कारण विद्यार्थीलाई शरीरमा गहिरो चोट हुने गरी कुटपिट गर्ने शिक्षकलाई विद्यालयको तर्फबाट पनि माफी नपाउने विद्यालयका प्रिन्सिपल हरि बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )