दशनामी समाजको अधिवेशन

बिर्तामोड । नेपाल दशनामी समाज दमक नगर समितिको दोस्रो र कमल गाउँपालिकाको पहिलो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनलले दमक नगर समितिको अध्यक्षमा कुलप्रसाद पुरीलाई सर्वसम्मत चयन गरेको छ ।

दमक नगरको दोस्रो अधिवेशनबाट उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः मिनकुमार पुरी, देवकुमार पुरी, राजु गिरी र मञ्जु पुरी चयन भएका छन् ।

सदस्यमा शंखर गिरी, टिकाराम पुरी, दुर्गा भारती, प्रेमलाल गिरी, मनु गिरी, रुपा पुरी चयन भएका छन् ।

त्यस्तै कमल गाउँपालिकाको पहिलो अधिवेशनले चुडामणि गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकोे छ ।

अधिवेशनले उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश टिकाराम गिरी, श्याम गिरी र निर्मला गिरीलाई चयन गरेको छ ।

सदस्यमा तुलसीप्रसाद गिरी, सुमित्रा भारती, टंक गिरी, चुडामणि भारती र सुमन गिरी चयन भएका छन् ।

मकरध्वज पुरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि समाजका केन्द्रीय उपाध्यक्ष गोविन्दविक्रम गिरी रहेका थिए ।

कार्यक्रममा विशिष्ठ अतिथि भरतलाल गिरी, चन्द्रप्रसाद गिरी, गगन पुरी दिपक गिरी रहेका थिए भने कार्यक्रममा अतिथि ललीत गिरी र बालकृष्ण गिरीले शुभकामना मन्तव्य राखेका थिए ।

स्वागत मन्तव्य गगन पुरीले गरेको कार्यक्रमलाई वेदप्रसाद गिरीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )