साहित्य क्षेत्रका गलत परम्परा (१)


२९ सालको कबिता

पन्द्र बर्ष जति अगाडिको कुरा होला । एउटा स्कूलले आयोजना गरेको एउटा कार्यक्रममा गएको थिएँ । आफु त तलै बस्ने मान्छे । मंचमा अरुहरु थिए । पालो आयो, रचना बाचन गर्ने । एकजना झापामा नाम चलेको साहित्यक संस्थाका अध्यक्षको पालो आयो । उनले गोजीमा हात हाले र निकाले एउटा कबिता ।

र, भने, हुनतः मैले यो कबिता २९ सालतिर लेखेको हो । ल सुन्नहोस् मेरो कबिता । मेरो कबिताको शिर्षक छ ….।

उनी अहिले पनि त्यही संस्थाको अध्यक्ष छन् । त्यस संस्थाले खासै केही काम गरेको थाहा पाउन सकिएको छैन । र, त्यसपछि उनले कबिता भनेको सुनिएको पनि छैन ।

टिपेक्स क्रान्ति

मेची क्याम्पसबाट अबकास प्राप्त प्राध्यापक चुडामणि रेग्मी नेपालका ख्यातीप्राप्त लेखक साहित्यकार हुनुहुन्छ । उहाँसँगका अनेक शन्दर्भहरु छन् । २०५४ सालतिरको कुरा हो । उहाँ त्यसबेला पनि किताब निकालेर झोला भिरेर बाँड्दै हिँड्नु हुन्थ्यो ।

म त्यतिबेला मेची नगर नगरपालिकाको प्रेस सल्लाहकार भएको थिएँ । काम खासै नभए पनि उप मेयर दाई चन्द्र भण्डारी जहाँ भए पनि केही न केही रचनात्मक काम गरौ भन्ने सोच भएको मान्छे, उहाँले मेचीनगर नामको एउटा मेचीनगर नगरपालिकको मुखपत्र निकार्लौं भन्नु भयो । मैले त्यो निकाल्न थालें ।

त्यतिबेला अहिलेको जस्तो नेपाली टाइप गर्न जान्ने मान्छे थिएनन् । त्यसबेला पूर्व मै पत्रिका र किताबका लागि काम गर्नु परेमा सम्झनु पर्ने मान्छे थिए, युबराज खनाल । उहाँ अधिबक्ता लीला उदाशीका छोरा । म त्यहीँ बसेर मेचीनगरको काम गर्दे थिएँ ।

त्यसका लागि मैले चुडामणि रेग्मीलाई एउटा साहित्यिक लेख मागेको थिएँ । एकदिन उहाँ लीला उदाशी कै घरमा आइपुग्नु भयो । र, धुजाधुजा भइसकेको मुसाले खाइसकेको एउटा पूरानो कपि देखाउँदै भन्नुभयो ।

भाई हेर्नु न । मुसाले खत्तम गरेछ । एउटा पूरानो लेख भेटियो । तर यसको अबस्था यस्तो छ ।
मैले भने, अब के गर्ने त सर ?

उहाँले एउटा उपाय निकाल्नु भयो । हत्तनपत्त झोलाबाट टिपेक्स निकाल्नु भयो र त्यो कपि साफ गर्न थाल्नु भयो । र, त्यसमाथि थपेर लेख्न थाल्नु भयो ।

त्यसरी त्यो सामाग्री तयार भएपछि उहाँले टिपेक्सको ठूलै गुणगान गाउनु भयो । यतिसम्म की टिपेक्स क्रान्ति नै भएको ठान्नु भयो ।

लेखक की साहित्यकार ?

आजकल लेख्नेहरु लेखिरहेका छन् । पढ्नेहरुको पनि कमी छैन । तर, दुःखको कुरा । एकातीर कसले ठीक लेख्दैछ, कसले के लेख्दैछ भन्ने खुट्याउने पाठकमा क्षमता देखिदैन ।

अर्कोतीर एउटा कबिता लेख्ने, गजल लेख्नेदेखि हाइकू लेख्नेसम्म पनि साहित्यकार । साहित्य भन्ने शब्दमा कार थपेर उपादी कसले मात्र पाउँने हो ? की ती सबैले साहित्यकारको उपादी पाउँने हो ?

बास्तबमा कथा, कबिता, उपन्यास जे लेखे पनि ऊ लेखकको रुपमा चिनिनुपर्छ । हरेकका पछाडि कार थपिनु आबश्यक छैन । ऊ केबल लेखक हो, जसले लेख्छ ।

पुरस्कारका लागि लेख्ने ?

एकजना रिटायर्ड शिक्षकले हालै एउटा कबिताको किताब लेखे । म सँगको भेटमा उनले ५०० जति निकालेको बताए । केही दिन पछि त्यो किताब झोलामा बोकेर बाँड्दै हिँडेको भेटियो ।

त्यसको महिना दिन नबित्तै उनैले २५ हजार राशीको साहित्यिक पुरस्कार पाए ।
यो देखेर लाग्यो ।

के का लागि लेख्ने ? किन लेख्ने ? के लेख्नु भनेको पुरस्कारका लागि मात्र हो र ?

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )