‘ब्राण्ड एम्बासडर’ बनिन् साम्राज्ञी

पछिल्लो पुस्तामा सर्वाधिक रुचाइएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह ‘एजुकेशन एण्ड माइग्रेसन कर्नर’ को ‘ब्राण्ड एम्बासडर’ का रुपमा नियूक्त भएकी छिन् । उनलाई एक वर्षका लागि एजुकेशन एण्ड माइग्रेसन कर्नरले नियूक्त गरेको हो ।

अभिनेत्री शाहले एजुकेशन क्षेत्रमा आफ्नै विशिष्ट पहिचान बनाएको संस्थासँग आबद्ध हुन पाउँदा खुशी महसुस गरेको बताइन् । अब उनले ‘एजुकेशन एण्ड माइग्रेसन कर्नर’ का बिभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने छिन् ।

अभिनेता साम्राज्ञी अभिनित तेस्रो फिल्म ‘तिमीसँग’ चैत २३ गतेबाट देशैभर प्रदर्शन भइरहेको छ । ‘ड्रिम्स’ र ‘ए मेरो हजुर–२’ को सफलतापछि यतिबेला उनको चर्चा र डिमाण्ड अन्य अभिनेत्रीभन्दा माथि छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )