युएईमा पत्रकारलाई सम्मान

युएई ।  ताप्लेजुङ समाज सेवा युएईले युएईमा रहेर पत्रकारिताबाट संस्थाको विभिन्न गतिविधी सम्प्रेणमा पुर्‍याएको योग्दानको मुल्यांकन गदै ४ जना पत्रकारलाई सम्मान गरेको छ ।

संस्थाको प्रथम वार्षिक उत्सोवका अवसरमा बिर्ताज्योति साप्ताहिक तथा रेडियो भिजनका युएई प्रतिनिधी रुपेश अधिकारी, अनलाइनखबरका युएई प्रतिनिधी रामप्रसाद ढुंगेल, न्युज सेभेनका डिल्ली हुमागाई र पोष्टपाटीका पिथृछक बुढालाई सम्मान गरेको हो ।

संस्थाकी कार्यवहाक अध्यक्ष सोनी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएन, नेपाली समाज, झापाली समाज, नवलपरासी समाज लगायतका संस्थाका प्रतिनिधीको सहभागीता रहेको थियो ।

कार्यक्रममा झापाली समाजका अध्यक्ष अशोक चापागाई, ताप्लेजुङ समाजका संरक्षक निमा छिरिङ् शेर्पा लगायतले आफ्नो धारणा राखेका थिए ।

संस्थाका कोषाध्यक्ष बुद्ध लिङदेनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने स्वागत मन्तव्य केन्द्रीय सदस्य घनेन्द्र खतिवडाले गरेका थिए ।

कार्यक्रममा ताप्लेजुङको संस्कृति झल्काउने धान नाच, च्याबु्रुङ नाच प्रस्तुत गरिएको थियो । यस्तै गायक पारश लामा, धनपति बराल लगायतले गीत प्रस्तुत गरेका थिए ।

यस्तै संस्थाले आगामी कार्यकालका लागि कार्यवहाक अध्यक्षमा चयन गदै पुरानै कार्यसमितीलाई निरन्तरता दिएको छ ।

यसैबीच यएईमा ब्लडमनीको मुद्धा सकाएर नेपाल फर्कन लागेका झापा अर्जुनधारा नगरपालिकाका लोकेश खतिवडालाई ताप्लेजुङ समाज र प्रवासी एकता समाज नाङखोल्याङले संयुक्त रुपमा आर्थिक सहयोग गरेका छन् ।

ताप्लेजुङ समाजले १४ सय ५ दिराम (४० हजार रुपयाँ), प्रवासी एकता समाज नाङखोल्याङकको पहलमा विभिन्न देशबाट संकलित ३६ सय दिराम (१ लाख २ हजार रुपयाँ) सहयोग गरेको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )