दशनामी समाजमा सूर्यप्रसादको नेतृत्व

बिर्तामोड ।  नेपाल दशनामी समाज क्षेत्रको तेस्रो अधिवेशनले सूर्यप्रसाद गिरीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमित चयन गरेको छ ।

अर्जुनधारा–८ शिवालय मन्दिरमा शनिबार भएको क्षेत्र नम्बर–२ को भेलाले क्षेत्रीय अध्यक्षमा गिरीलाई सर्वसम्मत चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्ष, सचिब र कोषाध्यक्षमा क्रमशः अम्बिका पुरी, मोहन गिरी, सीता भारती चयन भएका छन् । सदस्यमा प्रविण गिरी, बालकृष्ण गिरी, रणबहादुर गिरी, पदमप्रसाद गिरी र अनिता पुरीलाई सर्वसम्मत चयन गरेको जिल्ला सदस्य तथा बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरीले जानकारी दिए ।

सूर्यप्रसाद गिरीको अध्यक्षमा सम्पन्न अधिवेशनमा जिल्ला अध्यक्ष चन्द्रप्रसाद गिरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि गिरी, अर्जुनधारा नगर अध्यक्ष होमनाथ पुरी, उपाध्यक्ष डिकामाया गिरी, सदस्य गोविन्द भारती, वीरबहादुर गिरी, रेखा पुरी र शारदा गिरीले शुभकामना मन्तब्य रोखेका थिए ।

स्वागत बिर्तामोड नगर उपाध्यक्ष जानुका गिरीले गरेको कार्यक्रमलाई अर्जुनधारा नगर सहसचिब सीता भारतीले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )